एजेन्सी । भारतको कम्युनिष्ट घटकले यस लोक सभा निर्वाचनमा हालसम्मकै न्युन सिट हासिल गरेका छन् ।
एक समयको गढ पश्चिम बंगालमा खाली हात हुँदा उसकै सरकार रहेको केरला राज्यमा जम्मा १ सिट पाएको छ । देशभरमा कम्युनिष्टको कुल सिट ५ रहेको छ ।
हुनत कम्युनिष्टको मत घट्न थालेको सन् २००९ देखि नै हो । सन् २००४ मा संसदीय इतिहासकै सबैभन्दा धेरै लोकसभा सिट जितेका कम्युनिष्टले लगतै पछि सन् २००९ मा जम्मा २४ सिटमात्र जिते ।
त्यसपछि मोदीको लहरमा कम्युनिष्टहरु झनै खुम्चिए । सन् २०१४ मा जम्मा १० भोट ल्याएको कम्युनिष्ट अहिले त्यसको पनि आधामा खुम्चिन पुगेका छन् ।
सन् २००४ मा ५९ सांसद जित्दा कम्युनिष्टले तत्कालिन युपिए सरकार गठन गर्न महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।
हाल प्राप्त पाँचमध्य चार सिट तमिल नाडूबाट प्राप्त भएको थियो । त्यहाँ कम्युनिष्ट त्यति बलियो शक्ति होइनन् । उसले डीएमकै समर्थक लहरमा यति मत पाएको विश्वास गरिएको छ ।
कम्युनिष्टका केही महत्त्वपूर्ण उमेद्वारमध्य निवर्तमान सांसद तथा पोलिट्व्युरो सदस्या मोहम्मद सलिम र बदरुद्दोजा खान तिनको निर्वाचनमा क्षेत्रमा क्रमशः तेस्रो र चौँथो आएका छन् ।
केरलामा सबरीमाला विवाद र वायनादबाट राहुल गान्धी लड्ने निर्णयले प्रभाव पारेका देखिएको छ । त्यस्तै, कम्युनिष्टले देखाउने अनुहार भएका कन्हैया कुमारले दोस्रो भए ।
पश्चिम बंगालमा कम्युनिष्ट मत भाजपातर्फ सरेको स्पष्ट संकेत देखिएको छ । कँग्रेस लहर आएको समय कम्युनिष्टले राम्रो मत पाएको इतिहास छ । सन् १९८० मा उसले ५४ सिट जितेको वर्ष इन्दिरा गान्धी निर्वाचित भएकी थिइन् ।
त्यस्तै इन्दिराको हत्यापछि भएको सन् १९८४ को निर्वाचनमा उनीहरुको मत ३३ मा झर्यो । सन् १९९१ मा सोभियत संघको पतनपछि भएको निर्वाचनमा पनि उसले ५६ सिट जितेको थियो ।
“पश्चिम बंगालमा सीपीआई(एम)ले ३–४ सिट जितको आश गरेको थियो । तर जित्ने सोचिएका स्थानका निर्वाचन क्षेत्रमा ठूलो धाँधली भयो,” सीपीआई महासचिव एस सुधाकर रेड्डीले भने ।
कम्युनिष्टको भविष्यबारे सोध्दा रेड्डीले, “त्यसमा मूल्याकंन गर्नुपर्छ ।”
त्यस्तै रड्डीका पार्टी सहकर्मी डी. राजाले भने, “यो कम्युनिष्टको सबैभन्दा खराब हार हो । तर यो अन्त्य होइन । अहिलेको परिणामले धर्म निरपेक्षता, लोकतान्त्रिक प्रतिपक्षी पार्टीको असलफता सतहमा आएको छ । प्रत्यक प्रदेशमा उपयुक्त सिट बाडँफाडको माध्यमबाट गठबन्धन बनाउन नसक्नु सबैभन्दा ठूलो गल्ती भयो ।”