|  

धादिङबेसी सदरमुकाममा खुकुरी प्रहारबाट एक जना घाईते

११ जेष्ठ २०७६, शनिबार २३:०५ प्रकाशित
राजन अधिकारी

प्रदेशहब डट कम का प्रधान सम्पादक हुन् |


११ जेठ, धादिङ –

धादिङ सदरमुकामस्थित पुछारबजारमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । शनिबार नीलकण्ठ नगरपालिका वडा नं ३ पुछारबजारको बीच सडकमै खुकुरी प्रहारबाट नीलकण्ठ नगरपालिका वडा नं १३ का प्रकाश तिमल्सिना घाईते भएका हुन् । घाईते तिमल्सिनाको जिल्ला अस्पतालमा उपचार पछि थप उपचारको लागि काठ्माण्डौ रेफर गरिएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं १४ का चन्द्र गुरुङले खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा आएका गुरुङले बीच सडकमै खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताए । खुकुरी देखाउँदै तिमल्सिनालाई लखेट्न थालेपछि बजारबासी त्रसित बनेका छन् । लगातार खुकुरी प्रहार गरेपनि तिमल्सीना भाग्दै छल्दै गरेका कारण ठुलो घटना नघटेको प्रहरीको भनाई छ ।
बाटो बनाउने उपभोक्ता समिति निर्माणको क्रममा विवाद उत्पन्न भएपछि आफ्नै साथीले खुकुरी प्रहार गरेको बुझिएको छ । नीलकण्ठ नगरपालिका वडा नं १३ र १४ जोड्ने बाटो बनाउनको लागि प्रदेश सांसद रामकुमार अधिकारी मार्फत बजेट विनियोजन गरिएको र उक्त योजना कार्यान्वयन गर्नको लागि उपभोक्ता समिति निर्माण गर्ने क्रममा विवाद बढ्दै गएपछि खुकरी प्रहार भएको स्थानीयहरुले बताएका छन् ।
यसैबीच गुरुङलाई तत्काल पक्राउ गर्न माग गदै वाइसिएल र युवासंघ धादिङले पुछारबजारमा आधा घण्टा चक्काजाम गरेको छ । दोषीलाई पक्राउ गरि तत्काल कारवाही गर्न माग गर्दै उनीहरुले विरोधस्वरुप चक्काजाम गरेका हुन ।

११ जेष्ठ २०७६, शनिबार २३:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस