यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजल
मान्छे कुराले छिनमै मान्छे उडाइदिन्छन्
आफ्नो चिनारी प्रष्ट आफै बताइदिन्छन्।
पुस्तक के हो नचिन्ने जीवन नहोस् कसोरी
जीवन नचिन्नेले जो पुस्तक पढाइदिन्छन्।
हदसम्म मान्छे गिर्छन् खोटी नखोज भन्दा
हेर्ने समयमा कालो चस्मा लगाइदिन्छन्।
सम्भावना अनेकौं पार्छन् समाप्त कोही
मस्तिष्कलाई पाल्तु घोडा बनाइदिन्छन्।
जीवन समाप्त पारुन् सक्नेहरूले ठाडै
अधकल्चो पार्न खोज्छन् केवल लजाइदिन्छन्।
लालकाजी श्रेष्ठ
धादिङ