रामकुमार थापा/ धादिङ
मानिसको सबैभन्दा प्यारो चिज भनेको आफ्नो शरिर हो ।मानिस आफ्नो स्वास्थ्य प्रति सचेत रहन्छन तर यती हुदाहुदै पनि मानिसले किन गर्छन त आत्महत्या ? यो विषय गम्भिर छ । धादिङ जिल्लाको अवस्थालाई हेर्ने हो भने बर्षेनी ९० जना भन्दा बढी मानिसहरुले कुनै न कुनै तरिकाले आत्महत्या गर्ने गरेका छन् । प्रत्येक दिन आत्महत्याको विषय समाचार बनेर आउने गरेको छ ।गरिव देखी धनी सम्म, डाक्टर देखी सामान्य मजदुर सम्म ।कुनै न कुनै तवरले उनीहरु आत्महत्या गर्छन । गाउँका मात्र होईन शहरका मानिसले पनि आत्महत्या गर्ने गरेका छन्। मानिसलाई सबैभन्दा प्यारो लाग्ने भनेको आफ्नै शरिर वा जीवन हो ।
आगलागी होस वा विनाशकारी भुकम्प अनि बाढीपहिरो यी सबै विपत्तिमा मानिस आफ्नो जीवन जोगाउनको लागी हरहमेशा कोशिस गर्ने गरेका हुन्छन। तर मानिस विभिन्न कारणले आफैलाई आफैले हत्या गर्छन ।विरामी हँुदा उपचार गरेर निको हुन चाहन्छन।अर्थात मानिसहरु बाँच्न चाहन्छन।त्यसैले मानिसहरु किन आत्महत्या गर्छन ?कसैले आत्महत्या ग¥र्यो भन्ने सुन्दा तपाईको विचारमा कस्तो सोच आउछ ? किन म¥र्यो होला,के भयो होला वा नामर्दो भनेर उपमा दिने गरेका छौँ ।तर हामिले कहिल्यै पनि मर्ने मानिसको बारेमा केहि पनि सोचेका हुदैनौँ ।अहिले प्रत्येक घरको ममस्याको रुपमा आत्मत्या बनेको
मर्ने विचार तपाईको मनमा पनि पटक–पटक आईरहन्छ भने तपाई पनि जोखीममा हुनुहुन्छ ।फरक यत्ति मात्र हो कुन प्रकारको जोखीममा हो भन्ने मात्र हो ।दिनमा मर्ने बारे सोच आएमा वा मर्छु भनेर योजना बनाउने भावना आएका प्रत्येक व्यक्ति जोखीममा हुनुहुन्छ । मानिसले चाहेर मर्ने होईन तर त्यो समस्या हो भनेर बुझ्नुपर्छ ।कोहि रिस वा छिन्भरको आवेगमा आएर पनि मर्ने गरेका छन् ।
मानिस किन मर्छन यस्तो छ कारण
मानिस किन मर्छन त ? जीवन देखी हार खाएर वा आफुलाई सहयोग र मायाँ गर्ने मानिसको अभावको कारण शुन्यतामा जीवन पुग्छ र एकैछिनको गलत निर्णयले मानिस मर्छन। आत्महत्या विषयमा धेरै लेखहरु पनि प्रकाशित भएका छन् । यसैकारणले भन्दा पनि विभिन्न कारणहरु समस्याको पहाड भएर निस्कन्छन् । जीवनमा घट्ने प्रत्येक घट्नाहरुलाई सजिलै सँग स्विकार गर्न नसक्दा मानिस मर्ने वा दुखी बन्ने गरेका छन् । जुन समस्या तपाईले पुरा गर्न सक्नुहुन्न भने त्यो समस्या तपाईको होईन । त्यो समस्या अर्कैको समस्या हो भनेर बुझ्नुपर्छ। हामिलाई सबै कुरा सिकाईनछ तर अहिले सम्म कसरी सोच्नुपर्छ भनेर सिकाईएको पाईदैन । त्यसैले मानिसले जसरी आफुलाई सजिलो हुन्छ त्यसैगरी सोच्ने गर्छन । विशेष गरी प्रियजन गुमाउदा,जागीर गुम्दा,दिर्घ रोग लाग्दा, व्यापार विग्रदा, जीवनमा अकल्नीय परिवर्तन हुदा, आघात यातना वा हिंसा र सामाजिक बहिस्कृतको कारणले मानिसहरु आत्महत्या गर्ने समेतको निर्णय लिन पुग्छन् ।
पछिल्लो समय बैदेशिक रोजगारको कारण पनि आत्महत्या बढ्नुको कारण बनिरहेको छ । मानिसहरु प्रेम सम्बन्धले पनि आत्महत्या गर्ने गरेका छन् । जती मासिन बढी सम्बन्धमा हुन्छन त्यतीनै समस्याहरु आईपर्ने गर्छ ।आत्महत्या गर्ने धेरै जनाले भावनात्मक पिडासहन नसकेर मृत्युवरण गर्ने निर्णय गरेको देखिन्छ ।भावनात्मक पिडाका कारणहरुमा पारिवारिक, आर्थिक, सामाजिक, शारीरिक र मानसिक आदि पर्छन ।आत्महत्या गर्न चाहने व्यक्तिले मर्न वाहेक अन्य विकल्पहरु नदेखेकोले आत्महत्याको बाटो रोज्छन्।सामान्य किसिमले कुरा गर्ने हो भने मानिसहरु आफुलाई आनन्द आउने, खुसी लाग्ने र रमाइलो लाग्ने कुराहरु बारम्बार गर्न चाहन्छन ।तर आफुलाई मन नपर्ने केही गर्न चाहदैनन।आत्महत्या मानिसहरु किन गर्छन होला?भनेर धेरै अध्ययनहरु भएका छन र आत्महत्याका धेरै कारणहरु पनि भेटिएका छन।रिस थाम्नै नसकेर पनि मानिसले अरुको ज्यान लिन पनि सक्छ र आत्महत्या गरेर आफ्नो ज्यान दिन पनि सक्छ ।आत्महत्याको उच्च जोखीमका रहेका व्यक्रिहरुले जुनसुकै बेलामा पनि आफुलाई मार्न सक्छन वा अरुलाई मारेर आफु पनि मर्न सक्छन। समयमै उपचार तथा परामर्श दिईन सक्यो भने आत्महत्याको दर घटाउन सकिन्छ ।
यस्तो छ धादिङको अवस्था
यो आर्थिक बर्षको ११ महिनामा मात्र ७६ जनाले आत्महत्या गरेका छन् । जसमा ४७ जना झुण्डिए,२८ जना विष सेवन गरेर र एक जना हाम्फालेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाहरु भन्दा पुरुष बढी रहेका छन् । ती मध्ये ३७ जना महिला र ३९ जना पुरुष रहेका छन् ।धादिङमा चार बर्षको अवधिमा ३ सय ७ जनाले आत्महत्या गरीसकेका छन् ।जसमा १ सय २८ जना महिना र १ सय ७९ जना पुरुष रहेका छन् । आत्महत्या गर्ने अधिंकाशले झुण्डिर र विष सेवन गरेर गर्ने गरेका छन् भने केहिले हाम्फालेर समेत आत्महत्या गरेका छन्। धादिङको चार बर्षलाई हर्ने हो भने २ सय ६ जनाले झुण्डिएर, ९८ जनाले विष सेवन गरेर र २ जनाले हाम्फालेर आत्महत्या गरेका छन् ।
धादिङमा यति धेरैले आत्महत्या गर्ने गरेको भएपनि अहिले सम्म मानसिक स्वास्थ्यको क्षेत्रमा न स्थानीयत निकायले काम गरेको छ न त गैर सरकारी संघ–संस्थाहरुनै छ । आत्महत्याको उच्च जोखीममा रहेकाहरुको पहिचान गरी उनीहरुलाई परामर्श दिन सकियो भने अहिलेको आत्महत्याको दर अवश्य घट्ने छ । जिल्लामा अन्य क्षेत्रमा काम गर्ने निकै संघ–संस्था छन् तर मनोसामाजिक समस्याको क्षेत्रमा काम गर्ने संघ–संस्था भने थोरै मात्रमा रहेका छन् । जुन पर्याप्त छैन । आत्महत्या न्युनीकरणको लागी सबैभन्दा पहिला परिवारमा एकआपसमा माया र हेरचाहको आवश्यकता पर्छ ।
आत्महत्या गर्न सक्ने खतरालाई कसरी चिन्ने ?
१,आत्महत्याको सोचाई पटक–पटक आईरहनु, जीवनदेखी हरेस खानु, अब अन्तिम पटकको भेट त होला भन्नु, सपनाहरु कुनै पुरा भएनन र आफ्नो भाग्यलाई दोष देखाउनु ।
यस्तो विचार राख्ने व्यक्तिहरु बढी जोखीममा रहेका हुन्छन् । साथिभाई वा कोहि सँग कुराकानी गर्दा पनि यस्तै निराशा जनक कुराहरु गर्ने गर्छन ।
२, आत्महत्या गर्न मिल्ने साधन तथा औजाहरु घरमा राख्नु, कुनै बहुमुुल्य बस्तुहरु अरुलाई बाड्नु, छिनमै खुसि र दुखी हुनु ।
उक्त विचार आएका व्यक्तिहरुले आत्महत्या गर्ने मिल्ने साधनहरु जस्तै डोरी,विष,चक्कु लगायतका औजारहरु राखेका हुन्छन्। त्यस्तै बहुमुलय बस्तुहरु बाड्ने व्यक्तिहरु र छिनमै खुसि हुने र छिनमै दुखी हुने व्यक्तिहरु हुनुहुन्छ भने चनाख भएर हेर्नुपर्छ ।
३, आत्महत्या गर्ने बारे कुराकानी गर्नु, एक पटक आत्महत्याको प्रयास गरेका व्यक्तिहरु । यस्ता व्यक्तिहरु पनि जोखीममा हुनुहन्छ । निगरानीमा राख्नुपर्छ ।
कुराकानीको क्रममा म छ मर्छु होला, मर्दा कस्तो हुन्छ होला र मर्न पाए हुन्थ्यो भन्ने व्यक्ति र एक पटक आत्महत्या गरेका व्यक्तिहरु बढी जोखीमा हुन्छन्।
४, सामाजिक काम वा सामाजिक भेलामा नजानु वा टाढीनु ।
गाउघरमा हुने सामाजिक भेला,गोष्ठी,विहे र भोजभतेरमा नजाने,रमाईलो कार्यक्रममा सहभागि नहुने व्यक्तिहरु आत्महत्याको जोखीमा हुन्छन् ।
५, डिभोर्स वा ठुलो झगडा परेमा, एक्लै बस्ने, टोलाउने, अरुसँघ घुलमिल नगर्ने, जागीर गएको, केहि काम गर्न नखोज्नु, व्यपारमा ठुलो नोक्सान भएका व्यक्तिहरुलाई पनि शंका गर्नुपर्छ ।
६, सामाजिक सन्जालमा मृत्यु सम्बन्धी कथा,कविताहरु राख्नु वा शेयर गरेमा ।
जसले सामाजिक सन्जालमा यस्ता माथि उल्लेखीत कुराहरु शेयर गर्ने लेख्ने र भन्ने गरेका छन् ती व्यक्तिहरु पनि जोखीममा छन् भनेर सोच्नुपर्छ ।
७, अकस्मात विदा लिने वा टाढा जाने निर्णय गर्नु ।
कोहि व्यक्तिहरु लामो विदामा बस्ने वा टाढा जाने विचारमा छन् भने पनि याद गर्नुपर्छ । जाने स्थान र कामको विषयमा जानकारी लिनुपर्छ । एक्र्लै जाने वा साथि सँग ती सँगै जाने व्यक्तिहरुको नम्बर लिने वा निगरानीमा राख्नुपर्छ ।
८ प्रेममा धोका खाएका वा प्रेम सफल नभएका व्यक्तिहरु
प्रेममा असफल भएका वा धोका खाएका व्यक्तिहरु बढी जोखीममा हुन्छन् । त्यस्ता व्यक्तिहरुलाई बढी निगरानीमा राख्नुपर्छ । त्यस्ता व्यक्तिहरुले जुनसुकै बेलामा पनि आत्महत्या गर्न सक्ने सम्भावन बढी हुन्छ ।
आत्महत्याको सोचाई आउन थालेपछि नजिकको स्वास्थ्य संस्था तथा मनोपरामर्शकर्ताहरुलाई भेट्नु पर्छ । जति तपाई उक्त समस्यालाई लुकाएर राख्नुहुन्छ त्यतीनै रोग बढ्दै जान्छ । समयमै उपचार गर्ने हो भने हात्महत्याको दर घटाउन सकिन्छ । धादिङमा उत्थान नेपालले मानसिक समस्यामा उपचार गर्दै आईरहेको छ। थप जानकारीको लागि ९८६०४९२३७८
लेखक रामकुमार थापा धादिङमा रहेको नीलकण्ठ एफएमको स्टेशन म्यानेजर तथा मनोविमर्शकर्ता हुन् ।