|  

भौतिक संरचना नभएको जेल अब काम छैन- मन्त्री जम्कट्टेल

८ असार २०७६, आईतवार २१:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


८ असार, मकवानपुर । ३ नं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले भौतिक संरचना नभएका जेल काम नलाग्ने बताए ।

आइतबार हेटौंडामा कारागार व्यवस्थापन सम्बन्धि प्रदेस स्तरीय समन्वय गोष्ठीलाई सम्बोधन गर्दै आन्तरिक मामिला मन्त्री जम्कट्टेलले भौतिक संरचना नभएको, पानी नभएको,घुमफिर गर्ने ठाउँ नभएको, लाइब्रेरी नभएको , शौचालय नभएको यस्ता जेल अब काम नभएको बताए । भौतिक संरचनाको लागि केन्द्र सरकार सग र प्रदेश सरकारलेके कति सहयोग गर्नुपर्छ आफुले सक्दो सहयोग गर्ने बताए । जेलमा दिने कैदी बन्दी हरुको सेवा सुबिधा (सिदा ) लगाएत पनि बढाउनु पर्ने बताए । जेलको आन्तरिक प्रशासन राणा शाही खालको जेलर पनि चौकिदारलाइ अनुमती लिनु पर्ने अरु कर्मचारीलाई भित्र छिर्न नदिने कैदि बन्दिहरुलाइ यातना दिने बताउदै भित्र चौकिदारहरुले कैदी बन्दी हरुलाइ अत्याचार गर्ने गरेकोले अब आन्तरिक प्रशासन हावीहुन नदिन जेल प्रशासनले अब एक्सन लिनु पर्ने बताए ।

मन्त्री जम्कट्टेलले भिमफेदी कारागारलाई महिला बन्दि भवनको लागि ५० लाख र आउदो बर्षको बजेटमा कारागारका कैदि बन्दी हरुको सीप बिकास तालिम, मानसिक हिसाबले फ्रेस हुने स्कुलिङ, योगा,कानुनी तालिम, लागू औषध सचेतना लगायतका कार्यक्रमहरु मन्त्रालयको रहेको बतए ।

उक्त कार्यक्रममा कारागार व्यवस्था बिभागका महानिर्देशक हरि मैनाली मकवानपुर जिल्ला प्रमुख अधिकारि आशमान तामाङ र ३ नं प्रदेश भित्रका १३ जिल्लाको कारागार प्रमुख तथा प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।।

८ असार २०७६, आईतवार २१:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस