|  

व्यवस्था फेरियो अब आफै फेरिऔ – मन्त्री जम्कट्टेल

१३ असार २०७६, शुक्रबार १८:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


लोक बहादुर गुरुङ
१३ असार, मकवानपुर । ३ नं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले व्यवस्था फेरियो अब परिवर्तन र समृद्धि ल्याउन आफै फेरिनु पर्ने बताए ।

  1. आइतबार हेटौंडामा सडक सभ्यता अभिवृद्धि एवं सवारी दुर्घटना न्यूनीकरणमा सामुदायिक प्रहरी साझेदारी सम्बन्धि एक दिवसीय ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि आन्तरिक मामिला मन्त्री जम्कट्टेलले व्यवस्था फेरियो अब परिवर्तन र समृद्धि ल्याउन आफै फेरिनु पर्ने बताए । अब फेर्नु भनेको ढुगालाइ माटो माटोलाइ ढुंगा बनाएर फेरिने नभइ फेरिने भनेको आफै हो व्यवस्था लडेर फेरियो अब आफै फेरिऔ सबै ठाउँमा व्यवस्था प्रती असन्तुष्ट भएकोले अब व्यवस्थाको बरेमा स्कुलिङ चालाउनु पर्ने बताए । येस्तो असन्तुष्टिले फेरि द्वन्द तिर धकलिने र विघटन तिर पुर्याउछ । १० बर्षे द्वन्द्वमा सबैजना प्रभावित भएकोले सबैले दुख पाएको बताए । यो व्यवस्था मेरो हो भनेर अपनत्व ग्रहण गर्ने सृजना गरेर यो व्यवस्था प्रती ढुक्क साथ उभिएर निराशाहरु त्यागेर पुरानो काम गराइका शैली परिवर्तन गरि जानुपर्ने बताए । हामी जहाँ छौ त्यहा सन्तुष्ट भइ सबैले राजनीतिक दल कर्मचारी, सेना, प्रहरी, पत्रकार सबै जनताको सेवाक भएको बतए ।सकारात्मक कुराको सन्देश नकारात्मक कुराको खबरदारी गरेर एक चोटि सबैले आट गरे मात्र हामी लक्ष्यमा पुग्ने बताउनुभयो ।
    उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलाल आन्तरिक मामिला मन्त्रालयका सचीव राजकुमार श्रेष्ठ मकवानपुरका प्रमुख जिल्ला अधिकारि आशमान तामाङ प्रदेश ३ का प्रहरी प्रमुख सेर ब बस्नेत लगायत १० जिल्लाका ट्राफिक प्रहरी प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
१३ असार २०७६, शुक्रबार १८:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस