|  

बर्षाको कारणले पृथ्वी राजमार्गको गल्छी वैरेनिमा सडक अबरुद्ध, सयौँ सवारी साधन बिच बाटोमै अलपत्र

१४ असार २०७६, शनिबार ०९:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 

बैरेनी / धादिङ
असार १४ । शनिबार बिहानै बाट परेको पानीका कारण पृथ्वी राजमार्ग अन्तर्गत गल्छी बैरेनीबजारमा सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध हुँदा सवारी जाम रहेको प्रहरीले जनाएको छ ।
धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजार गर्दोखोला मोडबाट महेशदोभान बजारसम्म डेढ किलोमिटर सडकमा ठाउँ ठाउँमा बालुवा र माटोको लेदो बगेर आएपछि सवारी आगमन ठप्प हुन पुगेको छ । लेदो माटो र ढुंगा थुप्रिंदा सडकमा नदीको बगर जस्तो भएकोकाले राजधानी प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको पृथ्वीराजमार्ग अबरुद्ध हुंदा हजारौं यात्रु बाटोमै अलपत्र परेका छन । बिहीवार पनि बर्षा को कारण ले चार घण्टा सम्म सडक अबरुद्ध भयको थियो ।
पृथ्वी राजमार्ग भन्दा माथि तिर जताततै ग्रामीण सडक निर्माण गरिनुका साथै बालुवाकाखानी को लागि डाँडापाखा खन्दा बर्षातमा संधै जसो माटो वग्दै आएर राजमार्ग अबरुद्ध हुन पुगेको छ ।
अहिले सडक खुलाउने प्रयास भईरहेको छ माटो र लेदो फाल्ने काम भयरहेको छ । सडक पुन रुपमा सच्लालन मा आउन ३/४ घण्टा लाग्ने हाम्रा संवाददाता वताएका छन ।

१४ असार २०७६, शनिबार ०९:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस