|  

नेपाल चेपाङ संघ धादिङको अध्यक्षमा भिम बहादुर चेपाङ चयन

१४ असार २०७६, शनिबार ०९:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


तिलक चेपाङ
धादिङ, १३ असार । नेपाल चेपाङ संघ धादिङको अध्यक्षमा भिम बहादु चेपाङ निर्विरोध निर्वाचित भएका छन् । वेनिघाट रोराङ गाउँपालिका वडा न ७ तरकारी तथा फफुल सहकारीको हल चरौँदीमा सम्पन्न भेलाले भिम बहादुर चेपाङको अध्यक्षतामा १७ सदस्यीय नेपाल चेपाङ धादिङको नयाँ कार्यसमिति चयन गरेको छ ।
भेलाले उपाध्यक्षमा मान बहादुर चेपाङ, महिला उपाध्यक्षमा विष्णुमाया चेपाङ, सचिवमा कृष्ण बहादुर चेपाङ, सह–सचिवमा दिल बहादुर चेपाङ, र कोषाध्यक्षमा लाल बहादुर चेपाङलाई चयन गरिएको छ ।
नेपाल चेपाङ संघ केन्द्रिय समितिका अध्यक्ष जितेन्द्र चेपाङको प्रमुख आतिथ्य, पूर्व संविधानसभा सदस्य गोविन्दराम चेपाङको विशेष आतिथ्य, प्रदेश नम्बर ३ मकवानपुरका सभासद सन्त बहादुर चेपाङ, वेनीघाट रोराङ गाउापालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी हरिको विशेष अतिथ्य तथा उपाध्यक्ष देवीप्रसाद सिलवाल,,वडाअध्यक्षहरु ल्गायतको आतिथ्यमा भेला सम्पन्न भएको थियो ।
नेपाल चेपाङ संघ धादिङका अध्यक्ष टेक बहादुर चेपाङ सभापत्तिमा सम्पन्न भेलामा थाक्र गाउँपालिका, धुनीवेशी नगरपालिका, गजुरी गाउँपालिका, सिद्धलेक गाउँपालिका र वेनीघाट रोराङ गाउँपालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र जनाजातीहरु गरि ३०० जनाको सहभागिता रहेका थिए ।
धादिङ जिल्लाभर दुई हजार सात सय ८४ घरधुरीमा १८ हजार तीन सय ५० जना चेपाङहरुको बसोबास रहेका छन्।

१४ असार २०७६, शनिबार ०९:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस