|  

पुर्व प्रधानमन्त्री डा भट्टराई गृहजिल्ला गोरखा पुगेर बने हलि : तस्वीर सहित

१५ असार २०७६, आईतवार १६:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गोरखा : असार १५ गतेका दिन देशभर धान रोपाइँ दिवस मनाइएको छ ।
कृषिप्रधान देश नेपालमा वर्षमा एक दिन हिलोमा पस्नै पर्ने मान्यता रहेको छ ।त्यसक्रममा छत्रेटोपी र घुँडामुनिसम्मको हाफ पाइन्ट लगाउदै समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई गृहजिल्ला गाेरखाकाे पालुङटार नगरपालिकास्थित खाेप्लाङ- ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुगेका हुन् । रोपाइँमा सहभागी भयका भट्टराई हली र बाउसे भएर रोपाइँ दिवसमा सहभागी भएका थिए ।
अन्य नेताहरु पनि देशका विभिन्‍न भागमा रोपाइँ दिवसमा सहभागी भएका छन्।   

१५ असार २०७६, आईतवार १६:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस