|  

इन्जिनियरिङ परिषद्को बोर्डले पूर्णता पायो

१५ असार २०७६, आईतवार १६:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ, १५ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद्को बोर्ड सदस्यमा पाँच जना मनोनयन गरेको छ ।

मन्त्रालयले किरण चन्द्र दाहाल, शम्भु यादव, रामेश्वर रिजाल, डा. विष्णु पाण्डे र मदन तिमल्सिनालाई बोर्ड सदस्यमा बिहीबार मनोनयन गरेको थियो । मन्त्रालयले गत जेठ १२ गते नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा ५ (१) ग बमोजिम उनीहरुलाई आज नियुक्तिपत्र दिएको छ ।

पाच सदस्य नियुक्तिसँगै इन्जिनियरिङ परिषद्को बोर्डले पूर्णता पाएको छ

१५ असार २०७६, आईतवार १६:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस