यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा /प्रदेश नम्बर–३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश ३ का प्रत्यक स्थानीय तहमा पर्यटकिय स्थलको रुपमा बिकाश गर्दै शान्तिपार्क निर्माण गर्ने लाएको छ । २०७९ साल सम्ममा प्रदेशका एक सय १९ वटै स्थानीय तहमा शान्तिपार्क निर्माण गर्ने उदेस्यले आउँदो आर्थिक वर्ष २०७६–०७७ बाट काम सुरु गर्न लागिएको हो ।
शान्तिपार्क निर्माण गर्नका लागि प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि मात्र दश करोड रुपैयाँ बजेट छुट्याइएको प्रदेश ३ का आन्तिरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले जानाकारी दिनुभयो । आवस्यक्ताका आधारमा शान्तिपार्क निर्माणको काम सुरु गरिने उहाँले बताउनुभयो । स्थानीय तहसंगको साझेदारीमा शान्तिपार्क निर्माण गर्ने प्रदेश सरकारको तयारी छ । प्रदेशको आन्तिरिक मामिला तथा कानून मन्त्रालयबाट शान्तिपार्क निर्माणका लागि रकम छुट्याएर काम गर्ने तयारी थालिएको हो ।
स्थानीय तह संग पहिले प्रस्ताव माग्ने र प्रस्तावका आधारमा बजेटको परिधिमा रहेर काम गर्ने तयारी रहेको छ । शान्तिपार्क निर्माणका लागि कार्यबिधि बनाएर काम गर्न लागिएको जानकारी दिदै मन्त्री जमकट्टेलले –‘अहिले बजार क्षेत्र धेरै घरैघरले बनेर साघुरो हुन थाले, घुम्न निस्कनका लागि पनि ठाउँ छैन । त्यसैले सबै क्षेत्रका नागरिकका लागि घुम्न रमाउनका लागि शान्तिपार्क निर्माण गर्ने योजना बनाएका छौ ’ शान्तिपार्क निर्माणका लागि स्थानीय तहले पनि बजेट खर्च गर्ने र प्रदेश सरकारले पनि रकम सहयोग गर्नेगरी शान्तिपार्क निर्माण गर्न लागिएको मन्त्री जम्कटेलले वताउनु भयो ।