|  

“प्रबिधि मेला यात्रा ३.०” हुदै – नेसनल कलेज अफ ईन्जिनियरिङमा

२५ असार २०७६, बुधबार २१:५४ प्रकाशित
उपेन्द्र जम्कटेल

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन  प्राप्त ललितपुर को सातदोबाटो स्थीत नेशनल कलेज अफ इन्जिनियरिङ(एनसीइ)मा ‘यात्रा ३.०’ दुई दिने प्रर्दशनी आयोजना हुने भएको छ ।
यस अघिका बर्षहरुमा यात्रा इभेन्टको प्रथम र दोश्रो संस्करण गरिसकेको क्यापस ले पुन शुक्रबार देखि सुरुहुने इभेन्ट अन्तर्गत बिभिन्न इन्जिनियरिङ बिधाका ज्ञान, सिप र इनोभेसनहरुलाई समेटेर प्रर्दशनी गर्न लागिएको छ।
कलेज प्रशासनको सहयोग र निरीक्षणमा कलेजमा रहेका ४ वटा संकायगत क्लबहरुको संयुक्त आयोजना गरीएको आयोजकले जानकारी दिएको छ।
आएटी क्लब अन्तर्गत कोड कम्पिटिसन, सफ्टवयर प्रोजेक्ट कम्पिटिसन, कोड डिबगिङ,गेमिङ कम्पिटिसन कार्यक्रम राखिएको छ । रोबोटिक्स् क्लब अन्तर्गत रोबो रेसिङ, रोबो ब्यालुन ब्रस्ट, ड्रोन कम्पिटिसन, हाडवयर प्रोजेक्ट कम्पिटिसन लगायतका इभेन्टहरु रहने छन् ।
त्यस्तै इलेक्ट्रिकल क्लब अन्तर्गत क्वीज कम्पिटिसन, म्याटल्याब सिमुलेसन कम्पिटिसन हुनेछ भने सेस क्लबको मातहतमा मोडेल कम्पिटिसन, टेक्नीकल प्रिजेन्टेसन लगायत सिभिल इन्जिनियरीङ संग सम्बन्धित कार्यक्रमहरु गर्ने तयारी रहेको electronics and computer बिभागिय प्रमुख ई प्रदिप अधिकारिले जानाकारी दिनु भयो ।
कम्पिटिसन अन्तर्गत  उत्कृष्ट हुनेलाई नगत पुरस्कारको व्यवस्था गरिएको  । उक्त कार्यक्रममा अन्य इन्जिनियरीङ कलेजका विद्यार्थीले सशुल्क सहभागिता जनाउन सक्ने बतायको छ ।

२५ असार २०७६, बुधबार २१:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस