|  

प्रदेस ३ सरकारले बाढीपहिरोबाट मृत्यु भएका मृतक परिवारलाई एक लाख दिने

२८ असार २०७६, शनिबार १६:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


लोक बहादुर गुरुङ
मकवानपुर २८असार
प्रदेश ३ को सरकारले बाढी पहिरोमा परि मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख दिने निर्णय गरेको छ ।

प्रदेश ३ को राजधानी हेटौंडामा मुख्य मन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश विपद व्यवस्थापन निर्देशक समितिको बैठक बसि बाढी पहिरोमा परि मृत्यु भएका मृतकका परिवारलाई राहत स्वरुप एक लाख दिने ।

बाढीपहिरोमा परि घाइते भएकाहरुको प्रदेशको ८ वटा जिल्ला अस्पतालहरुमा निशुल्क उपचार गर्ने र अन्य अस्पतालहरुमा उपचार गराउदा घाइतेको विल हेरि बढीमा २५ हजार सम्मको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय शालिकराम जम्कट्टेल ले बताउनु भयो ।

२८ असार २०७६, शनिबार १६:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस