|  

धादिङ सहित ३४ जिल्लाका सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरीने, हेर्नुहोस कुन जिल्लाको कुन-कुन गाउँपालिकाले पाउँछन सो अवसर

१४ श्रावण २०७६, मंगलवार ०८:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ– भौगोलिक हिसाब ले दुर्गम मानिने धादिङको रुबीभ्याली गाउँपालिका सहित ३४ जिल्लाका सुत्केरी महिलाको हवाईजहाज मार्फत उद्धार गर्ने भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हवाई उद्धारअन्तर्गत धादिङ सहित ३४ जिल्लालाई समेटेको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत पूर्ण हवाई उद्धार कार्यान्वयनमा आएकामा जिल्लामा दार्चुला, बैतडी, बाजुरा, बझाङ, दैलेख, डोटी, अछाम, जाजरकोट, मुगु, कालिकोट, हुम्ला, जुम्ला, डोल्पा, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुमपूर्व, रुकुम पश्चिम, सल्यान र रसुवा रहेका छन् ।

त्यसैगरी धादिङ (रुबीभ्याली गाउँपालिका), सिन्धुपाल्चोक (पाँचपोखरी, थामपालथाप, हेलम्बु र जुगल गाउँपालिका), गोरखा (सुलिकोट, आरुघाट, सिरानचोक, गण्डकी, अजिरकोट, धार्चे र चुमनुब्री गाउँपालिका), बाग्लुङ (ढोरपाटन, गलकोट र जैमुनी नगरपालिका), बढिगाड, निसिखोला, बरेङ, ताराखोला, काँठेखोला, तमानखोला)लाई आंशिक हवाई उद्धार क्षेत्र निर्धारण गरिएको छ ।

सरकारले हाल दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्ने कार्यक्रम अन्तरगत हालसम्म ३० गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ । चार जिल्लाका आंशिक क्षेत्रबाट गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्ने व्यवस्था मिलाएको छ ।

१४ श्रावण २०७६, मंगलवार ०८:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस