|  

योगेश भट्टराई ले पर्यटन मन्त्री मा सपथ लिए

१५ श्रावण २०७६, बुधबार १७:०६ प्रकाशित
प्रदेश हव न्युज डेक्स


साउन, १५ काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गरेका छन् । उनले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराई नेकपाका स्थायी समिति सदस्यसमेत हुन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् ।

गत फागुन १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए।

१५ श्रावण २०७६, बुधबार १७:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस