|  

नेकपालाई अहिलेको स्थानसम्म पुर्‍याउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको ठूलो योगदान रहेको छ ।मन्त्री भट्टराई

१६ श्रावण २०७६, बिहीबार ११:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


१६ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

भट्टराई मन्त्री नियुक्त भएको भोलिपल्ट पेरिसडाँडा पुगेका हुन् । नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित बिहीबार बिहान पेरिस डाँडा पुगेका भट्टराईले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरण गर्ने योगेश पहिलो मन्त्री हुन् । पेरिसडाँडामा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेकपालाई अहिलेको स्थानसम्म पुर्‍याउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको पनि योगदान रहेको बताए ।

यसैबीच, मन्त्री भट्टराई बिहीबार बिहान नै तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर मदन भण्डारी र जिवराज आश्रतिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पर्यटनमन्त्रीको सपथग्रहण लगत्तै बुधबार उनी लैनचौरस्थित सहिद स्तम्भ पुगेका थिए ।

१६ श्रावण २०७६, बिहीबार ११:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस