|  

विप्लव नेतृत्वको नेकपा द्वारा एनसेल माथिको आक्रमणमा तिब्रता

१६ श्रावण २०७६, बिहीबार ११:३८ प्रकाशित
प्रदेश हव न्युज डेक्स


साउन १६, धादिङ
एनसेल प्रकरणमा उपत्यका बिशेष ब्युरो इञ्चार्ज माइला लामालाई पक्राउ गरि पुर्पक्षका लागि जेल चलान गरेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेल माथीको कारबाहीलाई एकपछी अर्को गर्दै तिब्रता दिएको छ।
उपत्यका ब्युरो इञ्चार्ज लामालाई पक्राउ गरि एनसेल काण्ड का नाममा झुटा मुद्धा लगाएर फसाउन खोजेको र राज्यलाई अर्बौं रकम कर नतिरेको भन्दै विप्लव नेतृत्वको नेकपाले बुधबार राती चेतावनी स्वरुप धादिङको सिद्दलेक, जीवनपुर र भुमेस्थान लगाएत देशका विभिन्न स्थानमा रहेको एनसेलको टावर ध्वस्त पारेको हो।

नाम नबताउने सर्तमा उक्त पार्टीको ब्युरो सदस्यले प्रदेश हव अनलाइन लाइ जानकारी दिएका छन। यद्यपि प्रहरीले ले भने घटनाको कसैले जिम्मा नलिएको र खोजी कार्य जारी राखेको बताएको छ।

१६ श्रावण २०७६, बिहीबार ११:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस