|  

बिद्युतीय सवारीलाई प्रोत्साहन गरौं – मन्त्री जम्कट्टेल

१६ श्रावण २०७६, बिहीबार २०:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौ, १६ साउन
३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले विद्युतीय सवारी संचालनका लागि सरकारले सहयोग गर्ने बताउनु भएको छ । वातावरणिय, आर्थिक तथा अन्य रुपमा पनि फाईदा हुने बताउनु भयो ।
बिहीबार काठमाडौमा ग्लोबल ग्रीन ग्रोथद्वारा आयोजित कार्यक्रममा पेट्रोलियम पदार्थबाट संचालन हुने सवारीलाई निरुत्साहित गर्न सके देशको पैसा बाहिर नजाने उहाको भनाई थियो । प्रदेशमा संभावना भएर नै निति तथा कार्यक्रममा बिद्युतीय सवारी साधनलाई अगाडि बढाउन लागिएको उहाले जानकारी दिनुभयो ।
प्रदेश ३ लाई ८५ सम्म मुख्य शहरमा पेट्रोलबाट चल्ने निशेध गर्ने प्रदेशको अभियान सफल पार्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । सरकारले विद्युतीय बस खरीद गर्न साझा सहकारीको ३० करोडको शेयर किनेको जानकारी दिनुभयो । प्रदेश सरकारको अभियानलाई पनि सहयोग गर्न कार्यक्रमको आयोजना गरिएको ग्लोबल ग्रीन ग्रोथका बिक्रम बस्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का मुख्य सचेतक रामेश्वर फुयाल, प्रदेश सभाका अर्थ तथा बिकास समितिका सभापति सरेश नेपाल, नेकपाका सचेतक बुद्धिमान माझि, प्रदेश सभा सदस्यहरु केशव पाण्डे, रामकुमार अधिकारी, आशामाया तामाङ, ग्लोबल ग्रीन ग्रोथ ट्रान्स्पोट म्यानेजर जेम्स क्याङ, नेपाल प्रतिनिधि रोवन फ्रेजर लगायतले कार्यक्रममा बोल्नु भएको थियो ।

१६ श्रावण २०७६, बिहीबार २०:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस