|  

दरिगाल खोलामा वालुवा झिक्नेक्रममा डुवेर २ जनाको मृत्यु

२५ श्रावण २०७६, शनिबार १३:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


विक्रम अधिकारी÷गजुरी,
गजुरी गाउँपालिका वडा नं. ६ स्थित दरिगाल खोलामा वालुवा झिक्ने क्रममा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपालिका वडा नं. ७ भस्मे खर्कका १८ वर्षिय भि व. तामाङ र सोहि स्थानका २१ वर्षिय सुमन तामाङको मृत्यु भएको हो । विहन १० बजेको समयमा वालुका निकाल्न खोलामा पस्दा डुवेर मरेको बताईएको छ । अबैध तरिकाले बालुवा निकाल्न रातको समयमा स्काभेटर प्रयोग गरि खनेको खाल्डोमा डुबेर २ जनाको मृत्यु भए सँगै आक्रोसित स्थानीयहरुले तीनवटा एक्साभेटरमा आगजनी गरेका छन् ।
खोलामा डोजर लगाउन नपाउने भन्दै स्थानीयको आन्दोलन पछि प्रशासनले कडाइ गरे पनि राति अवैध रुपमा एक्साभेटर लगाउने गरिएको थियो ।
गैर कानुनी कामको संरक्षक सबैलाई ज्यान मुद्दामा पक्राउ गर्नु पर्ने स्थानियहरुको माग राखेका छन् ।

२५ श्रावण २०७६, शनिबार १३:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस