|  

चलचित्र मार्फत नै देशको चिनारी हुन्छ – मन्त्री जम्कट्टेल

४ भाद्र २०७६, बुधबार १६:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


लोक बहादुर गुरुङ (कमल)
४ भाद्र , चित्लाङ । प्रदेशनं ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले चलचित्र मार्फत देशको चित्रण हुने बताए ।

नेपाल चलचित्र तथा संस्कृतिक प्रतिष्ठान र चलचित्र बिकास बोर्डको आयोजनामा मकवानपुरको चित्लाङमा पटकथा कार्यशाला गोष्ठी उद्घाटन गर्दै प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेलले चलचित्रको माध्यम बाट देशलाई चिनाउन सकिने बतए । चलचित्रबाटनै देशको कला, सस्कृती, धर्म, आर्थिक, सामाजिक, राजनीतिक,अबस्था पनि थाहा पाउने बताउने बताए । चलचित्र क्षेत्रले पर्यटन बिकासमा पनि ठुलो टेवा पुर्याउने बताए । राज्यले जति महत्त्व दिन पर्थ्यो त्यति नदियको भन्दै अब प्रदेश सरकारले सहयोग गर्ने कुरामा कुनै कन्जुस्याइँ नगर्ने बताए ।चलचित्र क्षेत्रको बिकासको लागि प्रदेश सरकारले दोलखाको डाङ्डुङ्गे डाडामा फिल्म सिटिको लागि काम अगाडि बढाएको बताउनु भयो ।

उक्त कार्यशाला गोष्ठी नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपि पाठकको अध्यक्षतामा अतिथिहरु नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराई वरिष्ठ कलाकार नीर शाह लगायत अतिथिहरुको सहभागीता रहेको थियोे । उक्त कार्यशाला गोष्ठी ४ दिन सम्म चल्नेछ ।

४ भाद्र २०७६, बुधबार १६:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस