|  

विद्युतीय अपराध साईबर क्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम विशालटारमा सम्पन्न ।

२७ भाद्र २०७६, शुक्रबार १९:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साइवर क्राइम सम्बन्धि घटना दिनानुदिन बढ्दै गएकोले यसलाइ नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरिएको छ । यसै अन्तर्गत समुदाय प्रहरी साईबर क्राईम (विद्युतीय अपराध)सम्बन्धि प्रशिक्षण कार्यक्रम चन्द्रोदय मा वि विशालटारमा सम्पन्न भएको छ ।

कार्यक्रममा ईलाका गजुरी कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेयले साईबर क्राईम(विधुतिय अपराध) बाट मुख्य रुपमा युवायुवतिहरु प्रभावित हुने, साईबर क्राइम के कसरी हुने गर्दछ, यस अपराध गरेबाट कानुनि रुपमा हुने सजाय सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम विध्यालयका शिक्षक, शिक्षिका, छात्र, छात्राहरु गरी जम्मा १५० जनाको सहभागिता रहेको ।

२७ भाद्र २०७६, शुक्रबार १९:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस