|  

अाजबाट सोह्रश्राद्ध सुरु

२८ भाद्र २०७६, शनिबार ०७:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ भाद्र २८ । हिन्दू परम्पराअनुसार आज देखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ ।

नेपाली पात्रो अनुसार आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आज शनिबार देखि सुरु भएको हो ।

प्रतिपदा देखि १६ तिथि मध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, त्यही दिन हिन्दू परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ ।

सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ ।

बडादसैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ । साभार : Dhadingpost.com बाट ।

२८ भाद्र २०७६, शनिबार ०७:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस