|  

राष्ट्रिय युवा संघको विषेश बैठक सकियो, ७७ जिल्लाको बाँडफाँड  धादिङमा दिपक खतिवडा अध्यक्ष बन्ने

२८ भाद्र २०७६, शनिबार ०८:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ भाद्र २८ । राष्ट्रिय युवा संघ नेपालको विशेष वैठकले ७७ जिल्ला मध्ये ४२ जिल्लामा साविक युवा संघको र ३५ जिल्लामा साविक वाईसीएलको नेतृत्व रहने गरि वाँडफाँड गरे सँगै धादिङको अध्यक्ष दिपक खतिवडा बन्ने भएका हुन् ।

पूर्व एमाले निकट साविकको युवा संघको कोटामा धादिङ जिल्ला परेको र घोषणा हुन मात्र बाँकी रहेकोले युवा संघ धादिङका अध्यक्ष खतिवडा नै जिल्ला अध्यक्ष हुनेमा लगभग सहमति भै सकेको बताईएको छ ।

तीन वर्ष अघि युवा संघ धादिङको निर्वाचनमा १ सय ५५ भोट ल्याउँदै जिल्ला अध्यक्ष बनेका खतिवडा अहिले भने दुई संगठनको एकता सँगै सहमतिको आधारमा अध्यक्ष बन्ने कुरा लगभर टुङ्गिएको युवा संघ धादिङका एक नेताले बताए  ।

संगठनका इन्चार्ज महेश बस्नेत, सह इन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’, सह–संयोजक रमेश पौडेल उपस्थित विशेष बैठकले राष्ट्रिय युवा संघको केन्द्रीय समिति तीन सय ३५ सदस्यीय हुने जसमा युवा संघबाट एक सय ७६ र साविक वाईसीएलबाट एक सय ५५ सदस्य हुनेछन् । त्यसबाहेक चारजना मनोनीत हुनेछन् । धादिङ पोष्ट डट्कमबाट ।

२८ भाद्र २०७६, शनिबार ०८:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस