|  

कर्मचारीको पुरानो कार्यशैलीले जनतामा संघीयता प्रती निराशा – मन्त्री जम्कट्टेल

३१ भाद्र २०७६, मंगलवार १६:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


लोक ब गुरुङ ‘कमल’ भाद्र ३१, हेटौडा । प्रदेश ३ का मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले २० वर्षसम्म कर्मचारीको पुरानो कार्यशैलीले गर्दा जनतामा निराशा पैदा भएको बताएका छन् ।

स्थानीय तहका लागि प्रदेश ३ सरकारले नियुक्त गरेको कानुनी सहजकर्ताका लागि आयोजित दोश्रो चरणको उद्घाटनसत्रको अभिमुखीकरण तालिममा उनले भने, ‘बेथितिले जनतामा नैरास्यता उत्पन्न हुँदा राज्य र राज्यसक्ता सञ्चालन गर्ने र संघीयता प्रती नै जनतामा निराशा पैदा भएको बताए । । मन्त्री जम्कट्टेले कानुनी सहजकर्तालाई जनताको असन्तुष्टि हटाउने गरी नयाँ शैलीका साथ कार्यसम्पादनमा लाग्न निर्देशनसमेत दिएका छन् । ‘ प्रदेश भित्र अन्यायमा परेका महिला, दलित, अपाङ्गता, द्वन्द्व पीडित, तथा गरिबिको रेखामुनि रहेका दुःखी, गरीब र असाहय व्याक्ती लगायत विभिन्न वर्ग समुदायलाई कानुनी साहायता तथा अन्य सरकारी सेवा सुविधा प्राप्त गर्न अपनाउनुपर्ने प्रक्रियाहरुमा सहजीकरण गर्न जरुरी छ,’ उनले भने ।

प्रदेश सरकारको प्रतिनिधिको रुपमा स्थानीय तहसँग समन्वय गरेर कार्यसम्पादन गर्न उनले जोड दिए । उनले भने, ‘स्थानीय तह, केन्द्र र प्रदेश सरकार बिच सहकार्य भएमात्र संघीयता सफल हुनेछ ।’

प्रदेशका ७ जिल्लाका ५७ जना कानुनी सहजकर्ताहरु तथा स्थानीय तहका ५७ जना उपप्रमुखहरु ७ जिल्लाका जिल्ला समन्वय समितिका उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
पहिलो चरणमा रसुवा , नुवाकोट , सिन्धुपाल्चोक , दोलखा ,रामेछाप र काभ्रे का ५९ वटा स्थानिय तह का कानुनी सहजकर्ता हरूको कानुनि अभिमुखिकरण तालिम भाद्रा २४ र २५ गत्ते सम्पन्न भएको थियो । बाकी ७ जिल्लाहरु काठमाडौ, ललितपुर, भक्तपुर, धादिङ, चितवन, सिन्धुली र मकवानपुर जिल्लाको आज र भोलि सम्म संचालन हुने मन्त्रालयले जानकारी गराए ।

३१ भाद्र २०७६, मंगलवार १६:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस