|  

अाज राति देखि देशका अधिकांश स्थानमा वर्षा हुने

४ आश्विन २०७६, शनिबार ११:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ – अाज रातिदेखि फेरि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रको असरले शनिबार रातिदेखि मध्य र पूर्वी नेपालमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

मौसमविद् श्रेष्ठका अनुसार पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा पानी पार्ने बादलसहितको हावा आउँछ । त्यही हावाले नेपालमा पानी पर्छ । तर गएको बुधबार र बिहीबारको जस्तो लगातार वर्षा भने नहुने उहाँको अनुमान छ ।

अहिले बिहान भने देशका धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली छ । अहिले कतै घाम लागेको र कतै बदली भएको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । शनिबार देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बदली हुने सम्भावना छ भने केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ ।

४ आश्विन २०७६, शनिबार ११:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस