|  

चर्को कर लागएको भन्दै गजुरी बजारका ब्यवसायी गरे विरोध

६ आश्विन २०७६, सोमबार १३:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । स्थानीय तहले लगाएको कर अत्याधिक धेरै भएको भन्दै गजुरी गाउँपालीकाका ब्यवसायीहरुले नारावाजी गर्दै गाउँपालीका घेराउ गरेका छन् ।

      गाउँपालीकाले जथाभावी कर लगाएको ब्यवसाय गर्नेहरुलाई समस्यामा परेको भन्दै विरोध स्वरुप गजुरी बजार बन्द गरी नारावाजी गर्दै बजार परिक्रमा गरी गाउँपालीका घेराउ गरेका हुन् । जुलुस गजुरी बजार परिक्रमा गरी गाँउपालीकामा नै कोण सभा गरी सम्पन्न भएको थियो ।

स्थानीय तहले कुनै सेवा सुविधा ब्यपारीलाई नदीने चर्को कर मात्र लगाएमा भन्दै तत्काल ब्यवसायीहरुलाई लगाउने करमा संसोधन गर्नु पर्ने माग जुलुसमा सहभागी ब्यवसायीहरुको गरेका थिए ।

ब्यवसायीहरुले स्थानीय तहलाई पनी ब्यवसाय गरे वापतको कर तिर्नु पर्ने र आन्तरीक राजश्व विभागलाई पनी तिर्नु पर्ने भएकोले आफुहरु  दोहोरो करको मारमा परेको गुनासो समेत गरेका छन् ।

अहिले गजुरु िगाँउपालीकाले ब्यवसायीहरुलाई लगाएको बार्षीक करको दर आन्तरीक राजश्व विभागले लिने भन्दा चार पाँच गुणा बडी भएको भन्दै विरोध गरेका थिए ।

गाउँपालीकाले भने त्यस्तो चर्को शुल्क नलगाएको भन्दै साना ब्यवसायीलाई थोरै र ठुला ब्यवसायीहरुलाई ब्यवसाय अनुसारको कर लगाएको गाउँपालीको अध्यक्षको भनाई छ । साभार : विकास पोष्ट डटकम !

६ आश्विन २०७६, सोमबार १३:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस