|  

भारतीय नाकाबन्दीको चौथौँ वर्षको अवसरमा पुल्चोकका विद्यार्थीहरूले खबरदारी कार्यक्रम सम्पन्न

६ आश्विन २०७६, सोमबार १९:३८ प्रकाशित
उपेन्द्र जम्कटेल

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


६ असोज, काठमाडौँ । नेपालको संविधान २०७२ जारि भएपछी नेपालको संविधान अबज्ञ्या गर्दै नेपाललाई अघोसित रुपमा भारतले गरेको नाकाबन्दीको चौथौँ वर्ष पुगको छ ।
यश अवसरमा स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसले आज विरोध तथा खबरदारी कार्यक्रम सम्पन्न गरेको छ ।
चार वर्ष अगाडी आजकै दिनदेखि भारतले नेपालमाथि नाकाबन्दीको गरेको थियो ।
स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा पुल्चोक क्याम्पसका विद्यार्थीहरू प्लेकार्ड सहित मौन प्रदर्शनी गर्दै पुल्चोकको मुख्य सडकमा करिब आधा घण्टा विरोध तथा खबरदारी प्रदर्शन गरेका छन् |
हामिले
विद्यार्थीहरूले ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘स्वाधीन राष्ट्र निर्माणको यात्रा सुरु गरौँ’, र ‘नाकाबन्दी बिर्सिनु हुँदैन’ भन्ने नारा सहित पुल्चोकको सडकमा विरोध प्रदर्शन गरेका थिए |
त्यो वेलाको पल हामी कहिल्यै बिर्सिन सक्दैनम । त्यो बेला नेपालीले पाएको दुख अहिले सम्झिदानी अतिनै दुख लाग्छ सभापति रोशन थापा मगरले भने यो दिन हामी प्रत्येक वर्ष बिरोध कार्यक्रम गर्छौ र यो दिन लाई कालो दिनको रुपमा हामी लिन्छम सभापति थापाले जानाकरी दिनु भयो ।

६ आश्विन २०७६, सोमबार १९:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस