|  

धादिङको गजुरिमा सवारी दुर्घटना, गाउँपालिका उपाध्यक्ष सहित ६ जना घाइते

२१ आश्विन २०७६, मंगलवार १८:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ असोज २१ ।

धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजार नजीकै पृथ्वी लोक मार्गमा कार र मोटर साईकल एकआपसमा ठक्कर खाँदा गजुरीको उप प्रमुख सिता ढुङ्गाना सहित ६ जना घाईते भएका छन् ।

काठमाडौंबाट गजुरी तर्फ आउँदै गरेको बा १३ च ४४९१ नम्बरको कार र विपरित दिशाबाट जाँदै गरेको ना ४३ च ८२८९ नम्बरको मोटरसाईकल मंगलबार दिउँसो ३ः४० बजे एक आपसमा ठोकिँदा उप प्रमुख सिता ढुङ्गाना सहित ६ जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा उप प्रमुख सिता ढुङ्गानाको श्रीमान् (कार चालक) सिद्धलेक निवासी नवराज अर्याल, आमा सिद्धलेक निवासी भगवती अर्याल, मोटरसाईकल चालक चितवन भरतपुर १ निवासी रामकुमार खनाल र उनको श्रीमती अनिता खनाल र उनको १२ वर्षिय छोरी अम्बिका खनाल रहेका छन् ।

मोटरसाई चालकको अवस्था मध्यम खालको रहेको र अन्य घाईतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङको सुचना शाखाले जनाएको छ ।
घाईतेहरुलाई गजुरी सामुदायीक अस्पतालमा सामान्य उपचार गराई ट्रमा सेन्टर काठमाडौ लगिएको छ ।

© धादिङ पोस्ट बाट

२१ आश्विन २०७६, मंगलवार १८:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस