|  

सिन्धुपाल्चोकमा बस दुर्घटना, ५ जनाको मृत्यु

२४ आश्विन २०७६, शुक्रबार ११:४५ प्रकाशित
प्रदेश हव न्युज डेक्स


असोज २४, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक को भोटसिपाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । हेलम्बु यातायातको बा २ ख १७२५ नम्बरको बस इन्द्रावती गाउँपालिकाको भोटसिपास्थित तिखु मोडवाट करिव दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुको पहिचान खुलेको छैन । बसमा रहेका तीसभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेलाई उद्धार गरेर धुलिखेल अस्पताल ल्याइँदैछ ।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटना भएको बसमा सत्तरी जना यात्रुहरु रहेको बताइएको छ । बसमा दशैं मनाएर काठमाडौं फर्कदै गरेका यात्रुहरु रहेको बताइएको छ ।

 

२४ आश्विन २०७६, शुक्रबार ११:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस