|  

को हुन लोक स्टार को कान्छा प्रतियोगी शनी विश्वकर्मा ?

१ कार्तिक २०७६, शुक्रबार ०९:५६ प्रकाशित
प्रदेश हव न्युज डेक्स


रोल्पाली ठिटो शनी विश्वकर्माले लोकस्टारमा ‘सुमधुर स्वरका धनी’ टाइटल नै प्राप्त गरेका छन्। उनी माउन्ट इङलिस बोर्डिङ स्कुल दाङमा प्लस टु अध्ययन गर्दैछन्। गीत गाउनु उनको बच्चैदेखिको सपना हो। उनको ठूलोबुवा पनि गीत गाउँछन्। उनकै संगतले गर्दा पनि शनीमा गीतको धुन गढ्यो।

गाउँमा गोठाला जाँदा होस् या मेला पात गर्दा होस् गाउँ शनीकै आवाजले थर्किन्थ्यो। संगीतमै लाग्छु भन्ने थियो उनलाई, अग्रजले पनि यही सुझाउँथे। यसका लागि कक्षा ८ पढ्न रोल्पा सदरमुकाम गए। त्यहाँ दुई वर्ष पढे। एस एलसी सकाएर अलि ठूलो ठाउँ दाङ झरे र प्लस टु पढे। दाङमा महोत्सव लागेको थियो। राष्ट्रिय स्तरका कलाकारसँग गीत गाउने मौका पाए।

यसपछि उनको स्वरको चर्चा हुन थाल्यो। सांगीतिक कार्यक्रममा निम्तिन थाले। उनी खुब गीत सुन्थे, तर गायक, संगीतकार कोही चिन्दैनथे। बुटवल अडिसनमा उनले तिरिरी मुरली बज्यो बोलको गीत गाएर जजको मन जिते। १८ वर्षे शनी गोल्डेन माइक विजेता हुन्। यसले उनलाई थप जिम्मेवार बनायो। गोल्डेन माइकको इज्जत राख्न पनि उनले संगीत सिक्नै पर्ने भयो। उनी काठमाडांै आएर गुरु नरहरि प्रेमीसँग एक महिने संगीत कक्षा लिए।
© अन्नपूर्ण पोस्ट

१ कार्तिक २०७६, शुक्रबार ०९:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस