|  

को हुन विनोद दनुवार ? जो लोक स्टार को फाइनलमा पुगेका छन

१ कार्तिक २०७६, शुक्रबार १०:०० प्रकाशित
प्रदेश हव न्युज डेक्स


उदयपुर कटारीका हुन् विनोद दनुवार। उनी गीत गाउने रहर पूरा गर्न काठमाडौं आए। काठमाडांैमा कोही आफ्ना थिएनन्। एक्लै बस्न बुवाले दिएनन्। पनौतीमा आफन्तकोमा बसे। कर्मस जिषय लिएर पढ्न थाले।

उनको सांगीतिक लगाव भने बच्चैदेखिको हो। स्कुलको कार्यक्रममा होस् या गोठालो जाँदा होस् बनपाखामा गीत गाएरै बाल्यकाल बित्यो। यम बराल, रामचन्द्र काफ्ले, दीप श्रेष्ठका गीत सुनेर हुर्किएका विनोद लोकसंगीतमै केही खास गर्न चाहन्छन्।

पनौतीमै सुरेन्द्रकुमार श्रेष्ठसँग केही समय शास्त्रीय संगीत सिके। स्कुल कलेजमा स्टेज कार्यक्रममा गीत गाउँथे। गायक बन्न काठमाडौं छिरेका दनुवारले निर्दोष नामक एल्बम पनि निकाले। एल्बमले खासै चर्चा पाएन। लगानी डुब्यो। पैसा कमाउनु पर्छ भन्ने लाग्यो। पैसा कमाउन चार वर्षअघि विदेश गए।

बर्मा गए कर्म सँगै भनेजस्तै एजेन्टको फन्दामा परेर खासै पैसा कमाउन सकेनन्। संगीतमै केही गर्छु भनेर नेपाल फर्किए। आरआर कलेजमा संगीत विषय लिएर पुनः पढ्न थाले। कलेजले आयोजना गरेको आरआर आइडलमा विजेता भए। लोकस्टारमा आएपछि मात्रै उनले आफ्नो क्षमता चिने। संगीतका हस्तीसँग भेट्ने मौका पाए।

© अन्नपूर्ण पोस्ट

१ कार्तिक २०७६, शुक्रबार १०:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस