|  

रेडक्रसको जिल्ला स्तरीय २३ अौ जुनियर युवा गाेष्ठि नेत्रावतिमा सुरु

२८ कार्तिक २०७६, बिहीबार १८:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको नेत्रावतिमा जिल्ला स्तरीय १५ औँ शिक्षक नायक एवं २३ औँ जुनियर युवा गोष्ठि सुरु भएको छ । नेत्रावती डवजोङ गाउँपालिका वडा नं ४ स्थित कटुञ्जेमा रहेको कुण्डलादेवी माध्यमिक बिधालयमा जिल्ला स्तरीय १५ औँ शिक्षक नायक एवं २३ औँ जुनीएर युवा गोष्ठि सुरु भएको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको आयोजना तथा जुनियर युवा रेडक्रस सर्कल कुण्डलादेवी माविको ब्यवस्थापनमा सुरुभएको उक्त गोष्ठीमा नेत्रावती डवजोङ गाउँपालिका भित्र रहेका ५३ बिधालयबाट १ छात्र,१ छात्रा र १ शिक्षक नायक गरी १ बिधालयबाट ३ जना सहभागि रहेका छन् ।उक्त गोष्ठि शुक्रबार सम्म सञ्चालन हुनेछ ।
       जिल्ला जुिनयर युवा संयोजक मिन बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । नेत्रावती डवजोङ गाउँपालिकाका उपाध्यक्ष उर्मीला तामाङ गुरुङको बिशेष आतिथ्य रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय निवर्तमान कोषाध्क्ष एवं नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका सभापति सिताराम कोइराला, रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका कार्यबाहक सभापति नारायण तिमल्सेना लगाएको सहभागीता रहेको  थियो ।

२८ कार्तिक २०७६, बिहीबार १८:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस