|  

मन्त्री जम्कटेल द्वारा धादिङ कारागार निरीक्षण

२ मंसिर २०७६, सोमबार ०८:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


   २ मंसिर २०७६, / प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानून मन्त्री सालिकराम जम्कट्टेलले आईतबार जिल्ला कारागार धादिङको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री जम्कट्टेलले कैदी बन्दीको अनुपातमा कारागारको अवस्था साघुरो भएकाले व्यवस्थित गर्नको लागि थप पहल गर्ने बताउनु भयो । निरीक्षणकै क्रममा मन्त्री जम्कट्टेलले कारागार धादिङमा बन्दै गरेको प्रशासनिक भवन, महिला कैदी बन्दी गृह निर्माण कार्यमा केही ढिलाइ भएकाले सम्बन्धित ठेकेदारलाई निर्माण सम्पन्न गर्न निर्देशन गर्ने बताउनुभयो । यसै गरी जेलभित्र रहेका कैदी बन्दीका बालबालिकाहरुलाई प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर पठन पाठनको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निरीक्षणकै क्रममा निमित्त कारागार प्रमुख रामदत्त चौलागाईले कैदी बन्दी राख्ने भवनको अरुण खोला साइडमा पहिरो जाने अबस्था रहेकोले सो ठाउँमा ठुला बालहरु लगाउनु पर्ने, कैदी बन्दीहरुको जटिल स्वास्थ्य उपचारको लागि जिल्ला बाहिर लानुपर्दा सवारी साधानको अभाव भएको र जेलभित्र भएका बालबालिकाहरुको पठन पाठनको व्यवस्था गर्न नसकिएको जस्ता गुनासो राखेका थिए । जिल्ला कारागार धादिङमा अहिले जवरजस्ती करणी ७४ जना, कर्तब्य ज्यान ७२, चोरी २७, लागुऔषध २३, सवारी ज्यान २१, बहुविबाह १६ र विदेशी १५ गरी २ सय ९८ जना कैदी बन्दीहरु रहेका छन् । जसमा १२ जना महिला २ सय ८६ जना पुरुषका साथै ५ जना बालबालिकाहरु समेत रहेका छन् ।
२ मंसिर २०७६, सोमबार ०८:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस