|  

बालाचर्तुदशी को अवसरमा किरान्चोक मा भव्य मेला

८ मंसिर २०७६, आईतवार १९:५० प्रकाशित
प्रदेश हव न्युज डेक्स


मङ्सिर ८, धादिङ
बालाचर्तुदशी को अवसरमा गजुरी ८ किरान्चोक लामाचिरा स्थित शिवालय मा आज भव्य मेला लाग्दै छ। पितृ उद्धारका लागि आज रात भर जागाराम बसि भोलि बिहान नजिकैको बेल खोला मा धान, गहुँ, मास, मुगी, कागुन, चना, मकै लगायतका अन्नहरु मिसाएर शतविज छर्ने प्रचलन छ। यसो गर्दा पितृले स्वर्गमा वास गर्छन् भन्ने विश्वास रही आएको छ ।

नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ ।

मेलामा धादिङ सहित छिमेकी जिल्ला मकवानपुर र नुवाकोट बाट समेत तिर्थालु भक्तजनको बाक्लो उपस्थिति रहेको छ।
तस्वीर : सामाजिक संजाल

८ मंसिर २०७६, आईतवार १९:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस