|  

लैङ्गिक हिंसा न्युनिकरण गर्ने अभियानमा गजुरि गाउँपालिका

१६ मंसिर २०७६, सोमबार १८:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज साेमबार गजुरी गाउँपालिका वडा नम्बर ३को महेन्द्रोदय माध्यमिक विद्यालय राक्सिङमा “सΡमानताको पुस्ता बलत्कार विरुद्ध ऐक्यबद्दता”भन्ने मुल नारा का साथ जनचेतनामूलक  कार्यक्रम सम्पन्न भएको  छ । विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि,बाल समुह ,सञ्जाल का बालबालिका  तथा अन्य सरोकारवालाहरूको माझमा भएको कार्यक्रममा लैंगिक हिंसा भनेको के हो ? कसरी महिलाहरु हिंसामा पर्ने गरेका छन र यसको अन्त्यका लागी के गर्न सकिन्छ भन्न कुरा विद्यार्थी शिक्षक अभिभावकहरु लाई जानकारी गराएको गाउँपालिका उपाध्यक्ष सिता ढुङगानाले बताउनु भएको थियो ।

किशोरीहरु लाई महिला  हिँसा, हिँसाबाट बच्ने उपाय, हिँस हुन नदिने उपाय लगायतका बिबिध पक्षमा रहेर छलफल गरिएको थियोे । कार्यक्रममा गजुरि गाउँपालिका वडा नं.३ अध्यक्ष ऋषिलाल श्रेष्ठ ,गाउँपालिका अध्यक्ष श्री राजेन्द्र विक्रम बस्नेत,उपाध्यक्ष श्री सीता ढुङ्गाना,सहयात्री समाज नेपाल धादिङको निर्देशक तथा अधिवक्ता राधिका सापकोटा लगाएतको सहभागीता रहेको थियोे ।

 

१६ मंसिर २०७६, सोमबार १८:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस