|  

गजुरि गाउँपालिका द्वारा ५ दिने उद्घाेषण तालिम आज बाट सुरु

१७ मंसिर २०७६, मंगलवार १८:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ को गजुरि गाउँपालिकामा ५ दिने उद्घाेषण तालिम अाज मंगलबारबाट शुरु भएको छ।गाउँपालिकाको ८ वटा वडाको विभिन्न समुह र सञ्जालमा अाबद्द महिला, पुरुष र किशाेर किशोरीहरु लाई बाेल्ने कला र क्षमता तथा नेतृत्व गर्ने सिपमा पाेख्त बनाउन तालिमको अायाेजना गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताउनु भयो।तालिममा करिब ३० जनाको सहभागीता रहेको छ।५ दिन सम्म सञ्चालन हुने तालिममा अाज पहिलो दिन मानव कल्याण समाज भक्तपुर कि अध्यक्ष सुमित्रा चौलागाईं र सचिव बिजय कुमार पाेख्रेल ले सहजिकरण गर्नुभएको थियोे ।कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत ,उपाध्यक्ष सीता ढुङ्गाना ,वडा नं.६ अध्यक्ष अर्जुन भुजेल ,सुचना अधिकृत बिबेक नेपाल ,महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती सिल्वाल,कार्यपालिका सदस्य पदमकुमारि अर्याल ,महिला सञ्जाल उपाध्यक्ष चेलिमाया तामाङ लगाएको अातिथ्यता रहेको थियोे ।साथै गजुरि गाउँपालिका समृद्धि को अभियानमा रहेको अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र उपाध्यक्ष सीता ढुङ्गानाले बताउनुभयो।

१७ मंसिर २०७६, मंगलवार १८:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस