यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरि ,धादिङ
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार गजुरी गाउँपालिका वडा नम्बर २को छेवाङ अाधाभुत विद्यालय छेवाङ मा “समानताको पुस्ता बलत्कार विरुद्ध ऐक्यबद्दता”भन्ने मुल नारा का साथ सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय गजुरी र प्रयास नेपालको अायोजना तथा छेवाङ अाधारभुत बिद्यालय को व्यवस्थापनमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि,बाल समुह ,सञ्जालका बालबालिका तथा अन्य सरोकारवालाहरूको माझमा भएको कार्यक्रममा लैंगिक हिंसा भनेको के हो ? कसरी महिलाहरु हिंसामा पर्ने गरेका छन र यसको अन्त्यका लागी के गर्न सकिन्छ भन्न कुरा विद्यार्थी शिक्षक अभिभावकहरुलाई जानकारी गराएको गाउँपालिका उपाध्यक्ष सिता ढुङगानाले बताउनु भएको थियो । कार्यक्रममा बालबालिकाहरुले सचेततामुलक नाटक तथा गीत मार्फत सन्देश प्रस्तुत गरेका थिए । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी खगेन्द्र श्रेष्ठ ,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल ,वडाध्यक्ष चुडामणि कडेल लगायतले लैगिक हिंसा न्यनिकरणमा सबै सरोकार पक्षले समन्वयात्मक रुपमा कार्य गर्दै अगाडि वढ्नु पर्ने बताएका प्रयास नेपाल धादिङका सामाजिक परिचालक उषा मगरले जानकारी दिनु भयो ।