|  

गजरि ६ का महिलाहरूद्वारा सिकेको ज्ञान सीप ब्यवहारमा उतार्ने प्रतिबद्दता

२२ मंसिर २०७६, आईतवार २०:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरि-६ जरे धादिङ
गजुरी गाउँपालिका वडा नं ६ जरेबगैचामा संचालित नेतृत्व विकास तालीमका सहभागी महिलाहरुले सिकेको ज्ञान सीप व्यवहार लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । २ दिने नेतृत्व क्षमता बिकास कार्यशाला पछि वडास्तरीय महिला संञ्जालमा आबद्ध महिलाहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । वडास्तरीय महिला संञ्जालको व्यवस्थापनमा प्रयास नेपाल धादिङले युनाइटेड मिसन टु नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरेको बालकेन्द्रित सामुदायिक विकास कार्यक्रम अन्र्तगत गजुरी ६ जरेबगैचामा २ दिने नेतृत्व विकास तालीम संचालन भएको हो । तालीममा स्बः नेतृत्व, सकारात्मक सोचका पाईलाहरु,हाम्रो मुल्य मान्यताहरुको बारेमा अन्तरक्रिया भएको थियो । तालिममा नेतृत्व विकास ,नेतृत्व हुनुपर्ने क्षमता तथा गुणहरु, महिलाहरुको विकासमा सहभागीताका चनौति र अवसर तथा विकास महिलाहरुको सहभागीका सुनिश्चितताको लागि महिला हुनु पर्ने क्षमता तथा सम्बन्धित पक्षको भुमिका, स्थानीय जनप्रतिनिधिहरुसँग सहकार्य गर्दै दिगो र नतिजामुखि विकास निमार्णमा नेतृत्वको जिम्मेवारी र उत्तरदायित्व लगायतका बिषयमा प्रयास नेपाल धादिङ्गका कार्यकारी निर्देशक दामोदर अर्याल,कार्यक्रम संयोजक बद्रीनाथ शर्मा,फिल्ड संयोजक नबराज लामिछानेले सहजिकरण गर्नु भएको थियो । महिला समुहको सदस्यहरुले तालिमबाट हाँसिल भएको सिकाई अाफुले व्यवहारमा कार्यान्वयन तथा अाफु संलग्न महिला समुहमन ज्ञान सीप बिस्तार र अनुगमन कार्य योजना गरेको सामुदायिक परिचालक कपिलदेब सापकोटाले जानकारी दिनु भयो । २१गते शनिबारबाट शुरु भएको तालीम अाईतबार समापन भएको हो ।
प्रयास नेपाल धादिङले गजुरी गाउँपालिकाको वडा नं ४ देखि ६ सम्म ४८ वटा अात्मनिर्भर महिला समूह र ३ वटा वडा स्तरीय महिला संञ्जाल र १ वटा सहकारी संस्था मार्फत सामाजिक रुपान्तरणको कार्यमा सहजिकरण गर्दै अाएको छ । तालिम पछि समाजमा महिलाहरुले पनि सामाजिक विकासमा संलंग्न भई कार्य गर्न सक्ने आँट सीप विकास भएको प्रगतिशील महिला समूह कि संगिता चेपाङले   बताउनु भयो । तालीम पछि समुहले सदस्यहरुको सामाजिक तथा आर्थिक सबलिकरण हुने कार्यक्रमहरु संचालन गर्ने योजना रहेको ईन्द्रायणी अात्मनिर्भर महिला समूह कि शान्ति चेपाङ र सिमपानी महिला समूह कि भगवती अधिकारीको भनाइ रहेको छ ।

२२ मंसिर २०७६, आईतवार २०:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस