|  

कागाजी विधिमा मात्र होइन परिणाममा पनि ध्यान दिनु

१० पुष २०७६, बिहीबार १८:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हेटौँडा, १० पुस – प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुन मन्त्रीले कागाजी विधिमात्र होइन परिणाममा पनि ध्यानदिनुपर्ने बताएका छन् । पदिय जिम्मेवारीमा हुनेहरूले कागजी प्रक्रिया नियम कानुन मिले मिलेन मात्र बढी हेर्ने किननी आफू फस्ने कारणले तर परिणाम नहेर्ने हामी सबैको दोस रहेको बताए । जतिहामी विधिमा सचेत हुन्छौ परिणाममा पनि सचेत हुने हो भने हाम्रो मुलुक येस्तो अबस्थामा नहुने बताए । परिणाम आयो आएन रिजल्ट के आयो हेर्ने भन्दा पनि हाम्रो प्रक्रिया पुग्यो भनेर चल्ने प्रक्रियालाई सबैले सच्याउन भन्दै जिम्मेवार ब्याक्तीले परिणाम के कस्तो आयो हेर्नू पर्ने बताए ।

प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित प्रदेश विपद व्यवस्थापन नीति तथा रणनीति कार्ययोजना तर्जुमा सम्बन्धी कार्यशालामा आन्तरिक मामिला मन्त्री जम्कट्टेलले प्रदेश ३ ले यो बर्ष बिपदको कामहरू राम्रोसँग गर्न नसकेको बताए । स्थानीय सरकारले प्रदेशले गर्छ भन्ने प्रदेश सरकारले संघीय सरकार सग बजेट छ संघले गरिहाल्छ भन्ने र काम गर्ने कुरामा समस्या रहेको बताए । यो काम एक तीन तहकै सरकार सग संबंधित रहेकोले समन्वय सहकार्य गरेर मात्रै विपद सम्बन्धि काम गर्न सकिने बताए ।

१० पुष २०७६, बिहीबार १८:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस