|  

गजुरी गाउँपालिकाको लोगो सार्वजनिक

२७ पुष २०७६, आईतवार १९:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/ गजुरी गाउँपालिकाले आफ्नो लोगो आज सार्वजनिक गरेको छ । छैठौं गाउँ साभाको अवशर पारेर गजुरी गाउँपालिकका अध्यक्ष राजेन्द्र विक्रम वस्नेत र उपाध्यक्ष सिता ढुंगानाले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका हुन् । लोगोमा गाउँपालिका भित्रका जात–जाति, प्राकृतिक स्रोत तथा गाउँपालिकाको नक्सा समेत समेटेर बनाएको छ । नक्सामा पर्यटकिय सम्भावना, विभिन्न जनजातिको पहिचान र राष्ट्रिय एकता झल्कने गरि बनाईएको गजुरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज अर्यालले बताए ।
गजुरी गाउँपालिकाको छैठौं गाउँ सभा सम्पन्न भएको छ । गाउँ सभाले प्रदेश र केन्द्रबाट विन्योजित योजनाहरुको कार्यान्वयनको विषय छलफल गरेको प्रमुख प्रशासकिय अधिकृत अर्यालले जानकारी दिनु भयो ।

२७ पुष २०७६, आईतवार १९:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस