|  

नेपाल रेडक्रस सोसाइटी वेनिघाट को सभापतिमा राजेन्द्र कंडेल निर्वाचित

८ माघ २०७६, बुधबार ०९:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ ०८ माघ
नेपाल रेडक्रस सोसाईटी वेनिघाट उपशाखाको ५ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र कंडेलको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमित निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सङ्गीता पाँडे विसुराल, सचिवमा उमेश कंडेल, सहसचिवमा राम्जि सिलवाल, कोषाध्यक्षमा रामकाजि विसुराल र उप कोषाध्यक्षमा रामहरि कंडेललाई निर्वाचित गरेको छ । वेनिघाट रोराङ गाउँ पालिका वडा नं. ४ का अध्यक्ष रोशन कुमार सिलवालको सभापतित्व रहेको अधिवेशनमा गाउँ पालिकाका उपाध्यक्ष देवि प्रसाद सिलवालको प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति सीताराम कोइरालाको विशेष आतिथ्यता रहेको थियो । नेकपा बेनिघाट रोराङ गाउँ पालिका अध्यक्ष विवेक थपलिया, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका उप सभापति नारायण कुमार तिमल्सिना, कोषाध्यक्ष दुर्लभ कुमार तामाङ, उप मन्त्री नेम बहादुर श्रेष्ठ, धुषा उपशाखा सभापति जीवन घिमिरे लगायतको आतिथ्यता रहेको रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

८ माघ २०७६, बुधबार ०९:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस