यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर माघ २३
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री मा शालिकराम जम्कट्टेल अस्थाई प्रहरी बिट मयुरधापको वृक्षारोपण गरि उद्घाटन गर्नु भयो ।
उक्त बिटको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै मन्त्री जम्कट्टेलले अबको लक्ष भनेको सबैलाइ सक्षम बनाउने सक्षम हुनको लागि सुरक्षा चाहिने बताए सुसासन र समृद्धिको लागि महत्त्वपूर्ण कुरा नै सुरक्षा हो ।
जो जस्ले जिते पनि यस्तै हो भन्ने हाम्रो बानी छ । हामिले हाम्रो राज्य व्यवस्था राम्रो सग बुझेको छैन यो व्यवस्था नया हो हामिले नया अलि गर्न नसकेको नया गर्नु पर्छ, बदल्नु पर्छ,बदलिनु पर्छ, फेरिनु पर्छ, फेर्नु पर्छ तर व्यवस्था नया हो हामिले ठूलो राजनीतिक क्रान्ति पूरा गरेर राज्य व्यवस्था नया स्थापना गरेर हाम्रो समाज सुहाउँदो राज्य व्यवस्था स्थापना गरेर हामी समृद्धि तर्फ लाग्ने बताए ।
उक्त उद्घाटन कार्यक्रममा बागमती प्रदेस सभा सदस्य प्रेम बहादुर पुलामी हेटौंडा उप महानगर पालिकाका मेयर हरु ब महत लगाय जिल्लाका सुरक्षा प्रमुख हरुको आथित्य रहेको थियो ।