|  

जनयुद्ध र जन आन्दोलन दुई पार्टीको साझा भयो- मन्त्री जम्कट्टेल

१ फाल्गुन २०७६, बिहीबार १५:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ फाल्गुन १
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले दुई पार्टी एकबद्द भएर जनयुद्ध जन आन्दोलन साझा भएको बताएका छन् बेपत्ता परिवार, सहिद परिवार सबै सझा भएको बताए। आइतबार धादिङमा भएको २५ औ जनयुद्ध दिवस तथा जन आन्दोलन जनयुद्धमा भएको सहिदहरुको संझनामा आयोजित सहिद स्मृति सभामा बोल्दै मन्त्री जमकट्टेले दुई पार्टी एक मात्र नभएको भन्दै हामीले हरेक राजनीतिक आन्दोलन र क्रान्ति पछि धेरै चिजहरुको नयाँ सस्लेषण हुने गर्दछ नयाँ चिज प्राप्त गर्दछौ मुख्य कुरा नेपालको सन्दर्भमा हेर्दा जनयुद्ध जन आन्दोलन र संबिधान सभा मार्फत नयाँ राज्य व्यवस्था प्राप्त गर्यो यो नै व्यवस्थाको सस्लेषण भएको बताउनुभयो ।
नेकपा माओवादि र नेकपा एमाले दुई पार्टी एक भयो जनयुद्ध जन आन्दोलन साझा भयो नयाँ सस्लेषण भयो र नयाँ पार्टी बन्यो । पहिले हाम्रो मार्ग निर्देशक सिद्धान्त अलग अलग रहेको बताउदै माक्र्सवाद नयाँ सस्लेषण भएको छ समाजवाद हाम्रो अधिक्तम लक्ष्य जनताको जनवाद पार्टीको कार्यक्रम नयाँ सस्लेषण भएको बताउनुभयो । जनयुद्ध र जन आन्दोलनको सहिद हरुको सम्मानमा गरियको दुई पार्टीको कार्यक्रम पनि नयाँ सस्लेषण भएको छ पार्टी, देश, व्यवस्था नयाँ भएको छ यो नै नयाँ सस्लेषण भएको बताउनुभयो । हामीले यसलाइ आत्मसात गर्दै हामी हिजोको ठाउमा छैनौ हामीले लक्ष्य किटान गरेर नयाँ ठाउमा छौ यो सरकारले अघि सारेको सुखी नेपाली र समृद्ध नेपाल बनाउने लक्ष अनुसार काम गरिरहेका छौ जनताका आधारभूत आवश्यकताहरु प्राप्ति पछि नै देस समृद्ध हुन्छ शिक्षा, स्वास्थ, रोजगारी, गाँस बाँस र कपास पूरा गरेर जनता सुखी बनाउने तिर जाने लक्ष्य रहेको बताउनुभयो ।

२५ जनयुद्ध दिवसको अवसरमा मन्त्री जम्कट्टेलले धादिङ धार्केमा रहेको जनयुद्धका सहिद क बैकुण्ठ रेग्मी र महादेववेसिमा रहेको सहिद राज कुमार बास्कोटाको सालिकमा माल्यार्पण सहिद परिवार भेटघट जनयुद्ध दिवस तथा जनयुद्ध तथा जन आन्दोलनका सहिदहरुको सम्झना गरि जनयुद्ध दिवस मानाइयो ।।

१ फाल्गुन २०७६, बिहीबार १५:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस