|  

गजुरी र बेनिघाट राेराङका बाल समूह सञ्जालहरु बीच २ दिने सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न

१७ फाल्गुन २०७६, शनिबार १९:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिका वडा नं.४,५र६ र बेनिघाट राेराङ गाउँपालिका वडा नं.२ र ३ का वडा बाल समूह सञ्जालहरु बिचको २ दिने सिकाइ अादान प्रदान कार्यक्रम अाज शनिबार सम्पन्न भएको छ।हिजो शुक्रबार देखि शुरु भएको कार्यक्रममा दुईवटा गाउँपालिकाका बाल समूह सञ्जालले गरेको राम्रो काम,कार्यक्रम गर्दाको समस्या चुनौती,र याेजनामा रहेर छलफल गरिएको थियोे । जिल्लामा रहेर बालबालिकाको क्षेत्रमा रहेर काम गर्दै अाइरहेको संस्था प्रयास नेपाल धादिङको अायाेजनामा भएको कार्यक्रम बाल समुह/सञ्जाल किन ?यसको महत्त्व नेपालमा बाल अधिकारको अबस्था सन्धि सम्झौता,हस्ताक्षर र संविधानमा उल्लेखित बिषयबस्तु माथि पनि छलफल भएको थियोे ।बाल सञ्जालका पदाधिकारीहरूले बाल विवाह न्युनिकरण गर्दाको चुनौती र सफल भएको सफलताको कथा पनि सुनाउनु भएको थियोे।स्थानीय तहले अपनत्व ग्रहण नगर्दा समूह/सञ्जाल लाई दिगाेपना सम्म टिकाउने अाधार पनि भएको बताउनुभयो।भने गजुरी गाउँपालिका वडा नं.५ भने बाल मैत्री स्थानीय शासनको ३९ वटा सुचक पार गर्दै घाेषणाको अन्तिम चरणमा रहेको बताउनुभयो ।भने गाउँपालिका पनि बाल मैत्री अभियानमा रहेको जानकारी दिनुभयाे।प्रयास नेपाल धादिङले बाल केन्द्रीत सामुदायिक विकास कार्यक्रम अन्तर्गत साविक को पिण्डा गाविस र महादेवस्थान गाविसमा बिगत ९ बर्ष देखि महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै अाइरहेको र अहिले परियाेजनाको अन्तिम चरणमा रहेको छ।

१७ फाल्गुन २०७६, शनिबार १९:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस