|  

ईट्टा उद्योगका कामदारहरुको लागि अभिमुखिकरण सम्पन्न

१७ फाल्गुन २०७६, शनिबार २०:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


१७ फाल्गुन ,धुनिबेसी ३ धादिङ
ईट्टा उद्योगमा बोकाई र ज्यामी काम गर्ने कामदारहरुको लागि एक दिने अभिमुखिकरण कार्यशाला शनिबार धुनिबेसीमा सम्पन्न भएको छ । ईट्टा उद्योगमा काम गर्ने कामदारहरुलाई बेटर ब्रिक नेपाल कार्यक्म अन्तरगत बिबिएन मापदण्डहरुको बारेमा जानकारी गराउन र श्रममैत्री ईट्टा उद्योग प्रर्बधन तथा श्रमिक मैत्री ईट्टा उद्योग र सामाजिक उत्तरदायी उत्पादनमा सहजताको लागि अभिमुखिकरण संचालन भएको हो ।
कार्यक्रममा बलम्बु महालक्ष्मी ईट्टा उद्योग धुनिबेसी वडा नं ३ का कामदारहरुको लागि संचालित अभिमुखिकरण ३९ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा बेटर ब्रिक नेपाल मापदण्डहरुमा बालश्रम मान्य छैन,बाध्यकारी इच्छा बिपरितको श्रम मान्य छैन, पारिश्रमिक तथा कार्य घण्टा÷समय ,कार्यस्थल सुरक्षा र स्वास्थ्य, अमानविय व्यवहार मान्य छैन भन्ने बिषयबस्तुमा प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक सुनिता कडेलले जानकारि गराउनु भएको थियो । कार्यक्रम पछि अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कागजात साथमा बोक्नु पर्ने , श्रम र श्रमिक मैत्री सम्बन्धि धेरै सुचना पाईएको र कामदार र उद्योगी काम,कर्तव्य अधिकार र उत्तरदायित्वका बारेमा समेत स्पष्ट हुन पाएकोमा कामदार सोविता बस्नेत,नारायण राई लगायत कामदारहरुले खुशी व्यक्त गर्दै निरन्तर रुपमा यस्तो जानकारीमुलक संचालनमो माग समेत गरेका छन् । प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल धादिङ र ग्लोवल फेयरनेश इनिसियटिभको साझेदारीमा सञ्चालित वे्रटर व्रिक नेपाल कार्यक्रम संचालन गरिएको पनि कार्यक्रम संयोजक सुनिता कडेलले बताउनु भयो ।

१७ फाल्गुन २०७६, शनिबार २०:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस