|  

ईट्टा मजदुरका बालबालिका लाई शैक्षिक सामाग्री सहयोग

१८ फाल्गुन २०७६, आईतवार २१:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धार्के/धादिङ

धादिङको धुनिबेशि नगरपालिका वडा नं ६ मा रहेको जालपादेवी इट्टा उद्योगमा काम गर्ने मजदुरका १८ जना बालबालिकालाई अाज अाईतबार शैक्षिक सामाग्री सहयोग गरिएको छ । जालपादेवी उद्योगका उद्योगी कृण्णराम पंथीको अध्यक्षतामा तथा धुनिबेसि नगरपालिकाका प्रमुख बालकृष्ण अाचार्यको प्रमुख अातिथ्य,उपप्रमुख निरु खरेल,धुनिबेसि नगरपालिका वडा नं ६ का वडाध्यक्ष कान्छा तामाङ ,समाजसेवी रामचन्द्र अाचार्य संचारकर्मी,अभिभावक लगायतको उपस्थितिमा उद्योगमा कार्ररत मजदुरका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक हस्तान्तरण गरिएको हो । जनकल्याण अाबिमा अध्ययनरत १८ जना बालबालिकालाई बिद्यालय अध्ययन सहयोग सामाग्री प्रदान गरिएको हो । कापि ,कलम ,बिद्यालय पोशाक गरि प्रति बालबालिका १ हजार ५ सय बराबरको शैक्षिक सहयोग गरिएको कार्यक्रम संयोजक सुनिता कडेलले जानकारी दिनु भएको छ । कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख अाचार्यले बालमैत्री वातावरण शिक्षण गर्न शिक्षकहरु र नियमित बिद्यालय पठाई बालबालिकालाई बिद्यालयमा टिकाउ गर्न अभिभावक सहित सबै सरोकारवालाले सहयोग र सहकार्य गर्नु पर्ने बताउनु भयो । नगर प्रमुख अाचार्यले कुनै पनि बालबालिका शैक्षिक सामाग्री तथा पोशाक किन्न नसकेर बिद्यालय बाहिर हुनु हुँदैन यदि यस्तो सुचना छ भने बिद्यालयले नगरपालिकामा खबर गरि सहयोग लिन सकिने पनि जानकारी गराउनु भएको छ । कार्यक्रम प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले शिक्षा पाउनु बालबालिका नैसर्गिक अधिकार भएकोले यो कुनै एक दिन गरिने कार्य भन्दा नि संस्थागत पद्धति हो । यसमा सबै सरोकारवालाको भुमिका हुने हुनाले ग्लोबल फेयरनेश ईनिसियटिभसँगक‍ो सहकार्यमा ईट्टा उद्योगमा काम गर्ने मजदुरको बालबालिकालाई शैक्षिक बिकासमा सहयोग गरिएको बताउनु भयो । अध्ययन सहयोग सामाग्रीले बालबालिकाको पढाइ सहयोग गर्ने वातावरण बनेकोमा मजदुर अभिभावक निर्मला बुढामगरले खुशि व्यक्त गर्दै अाफुले पढ्न नपाएर मजदुरी रहेको भए पनि छोरा सुजन बुढामगरलाई नियमित बिद्यालय पठाएर सम्मानित पदमा पुगेको देख्ने चाहना रहेको बताउनु भयो । निर्मला जस्तै धेरै अभिभावकहरुले छोराछोरीलाई नियमित बिद्यालय पठाउने प्रतिबद्धता जनाएको सामाजिक परिचालक बिपना प्याकुरेलले जानकारी दिनु भयो ।

१८ फाल्गुन २०७६, आईतवार २१:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस