|  

राज्यको नेतृत्वदायी भुमिकामा रहेकाहरु जनताको सेवक हुन्- मन्त्री जम्कट्टेल

१९ फाल्गुन २०७६, सोमबार ११:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मकवानपुर, फाल्गुन १९ ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले राज्यका विभिन्न निकायमा नेतृत्वदायि भुमिकामा रहेकाहरु जनताको सेवक भएको बताए ।
बागमती प्रदेश संचार रजिस्ट्रारको कार्यलय द्वारा आयोजित सूचना बैंक संचालनार्थ सरोकारवालाहरुसग अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जम्कट्टेलले हाम्रो आफ्नो भान्ने केही पनि हुदैन हामिले जेजति काम गर्छौ हामी जनताको सेवक हो जनता भन्दा अरु ठूलो हुदैन मालिक जनता नै हो शासन सत्ताको मालिक जनता नै हो हामिलाइ प्रतिनिधि बनाएर पठाएको राजनीति गर्ने हामिजस्ता निर्वाचन बाट र कर्मचारीहरु एउटा बिधि र प्रक्रिया बाट आउनुहुन्छ हामी सबै जनताले तिरेको करबाट सेवा सुविधा तलब लिनेे हुनाले हामी सबै जनताको सेवक रहेको बताए ।

१९ फाल्गुन २०७६, सोमबार ११:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस