विसंगती,भष्चारहरुको भण्डाफोर गर्ने उद्देश्यले स्थापना भएको विद्यार्थी संगठन देश र जनताको परिवर्तन एक अपरिहार्य रुपमा लिइन्थो ।हरेक मुद्दामा यश अगि विद्यार्थी संगठनहरुले गरेका आन्दोलनहरु पूरा भएका पाइन्छ । 2022 सालमा स्थापना भएको कम्युनिस्ट निकट विद्यार्थी संगठन तत्कालीन अनेरास्ववियु र लोकतान्त्रिक निकट नेपाल विद्यार्थी संघ 2027 सालमा स्थापना हुँदै अहिले निरन्तर जारी छ ।
विभिन्न खाले मुद्दा राख्दै आएका विद्यार्थी संगठन अहिले बिचार बिहिन बन्न पुगेको छ ।जनताको जिवनयापन सवालदेखी आफ्नै पाटिको सरकार हुदा समेत प्रतिपक्षी बन्दै आएका थिय ।
गणतन्त्र , संघियता , सबिधान लगायत यावत कार्यमा विद्यार्थी संगठन निवायको भुमिका उल्लेखनीय देखिन्छ ।विगतमा विद्यार्थी संगठनहरुले गरेका भुमिका र अहिले विद्यार्थी संगठनहरुले गर्दै आएको भुमिका कतै मिल्न पनि जार्दैन ।पहिला आन्दोलन र संगठनमा नेतृत्व गरेका विद्यार्थी नेताहरु अहिले पाटिको शीर्ष स्थानमा छन के उहाहरुले आफ्नो इतिहास बिर्सिएकै होत ? होइन भने तपाइका पाटिका विद्यार्थी संगठनहरु अहिले कुन बाटो अपनाएको छ ? कहाँ जाँदै छन ? हेर्नू भएको छ ? सकारात्मक बाटोमा समेत डोर्याउन लागि पर्न भएको छ ?
विगत दस बर्ष यताका विद्यार्थी संगठनहरु राष्ट , जनताको जिवनयापन र विद्यार्थीहरुको निम्ति कुनै पनि क्रियाकलाप गर्न सकेका छैन्न ।
आम विद्यार्थीहरुको लागि अपरिहार्य रहेको विद्यार्थी सुल्क हो तर विद्यार्थी संगठनहरुले केही दिन नारा लगाउछन र कमिसनको चक्करले नारा नारामै सिमित बनाउछन र आम विद्यार्थीहरु चर्को मुल्यमा पढ्न बाध्य छन । जस्ले गर्दा विद्यार्थीहरु मारमा परेका छन ।
अहिले देशमा दुई वटा संगठन हालिमुहाली राम्रै छ नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा निकट अनेरास्ववियू यी विद्यार्थी संगठनहरुले अहिले उठाउनु पर्ने एजेन्डा नै छैन । एजेन्डा बिहिन जस्तै बनेको छ । केवल अहिलेको एजेन्डा झैझगडा गर्नु उत्तम हो भन्ने जस्तो भाको छ ।
विद्यार्थी नेताहरु पाटिमा लिप्त भएको देखिन्छ फलाममा चुम्बक टासिएझै संगठनका नेताहरु पाटिका नेताहरु सग टासिएका छन । त्यि पनि देशको नाममा अन्याय गर्ने भष्टचार गर्ने नेताहरुसग । हाम्रो इतिहास केहो ? कुनै हेक्का नै राखेको पाइन्न ।
आफ्नो पाटिले भष्टचार , अन्याय ,अत्याचार गरे तिनको बचाउमा सामाजिक संजालमा आफ्नो कर्तुत देखाउदै आएका छन ।नेताको झोले बनेर विद्यार्थी ईतिहास किमार्थ बिर्सिनु हुन्न ।
देसलाइ कसरि समृद्धि बनाउने आम नेपालिहरुबिच सद्वभाव , एकता कसरी कायम गर्ने भन्ने महोत्व पुर्ण रुपमा विद्यार्थीहरुबाट लिनु पर्नेमा एउटा् पदको लागि र भष्टचारी घुसखोरी लगायत समाज र देशको लागि घिरित नेताहरुको बचाउको लागि झैझगडा गर्न व्यास्त देखिन्छन ।
बिचारको राजनीति गर्न छोडेर साथी साथी बिच त्यो पनि होइन नेपाली नेपालिहरु बिच ढुंगा मुडा गर्न लगाएर एउटा नेपालको छोराछोरी घाइते तथा मृत्यु बनाइ उसको लासमाथी राजनीति पदलाइ उच्च बनाउने अहिले विद्यार्थी संगठन गर्दै आएको पाइन्छ र त्यि नेताहरु संगठन हावि छन ।
गरिव, मेहेनती , लगनशील विद्यार्थीहरुलाइ आएको स्कलसिपको कोटा कार्को चिरा पारेर भाग लगाय जस्तै विद्यार्थी संगठन विच भाग लगाएर बंगाला जस्ता घर भएका पाटिका नेताका छोराछोरिहरुलाइ सिपारिस गरिरहेको पाइन्छ। र हामिले यति स्कलसिप ल्यायम भन्दै चर्को स्वरमा नारा लगाउदै हिड्छन । त्यि गरिव मेहनती लगनशीलले नपाएको स्कलरसिप जति सुकै पहाड फोरेर ल्याय पनि त्यस्को कुनै तुक छैन । आफ्नो सरकारले गरेका हरेक नकारात्मक कामको समेत आलोचना गर्न नसक्ने विद्यार्थी संगठन कुनै अपरिहार्य देखिन्न ।
अहिले विश्व भरि मानव जातिलाइनै चुनौती दिने गरि फैलिएको नोबेल कोरोना भाइरसले गर्दा नेपालमा पनि आक्रान्त छ । भने देश अहिले लकडाउनमा छ । देसमा छोटो समयमानै लकडाउनको घोषण गर्नुपर्ने बाध्यताले गर्दा हजारौं मजदुर र विद्यार्थीहरु खाध्यन्न लगाउयत विभिन्न खाले समस्याले आक्रान्त बनेका छन । सयौ मजदुर सयौ किलोमिटर को बाटो भोक भोकै हिड्न बाध्य भएका छन । हजारौ बिधार्थी घर जान नपाएर यस्तो अबस्थामा आफ्नो कर्मथलो मै छ्न । यी विद्यार्थी मजदुरको लागि अहिले कुनै विद्यार्थी संगठन राहातको भुमिका खेलेको पाइन्न । केही ठाउमा लगे पनि सरकारले जारि गरेको नियम भन्दा भिडभाड गर्दै केही लाई मात्र बाढेको छ । तर सबै जना पिडित छन भन्नी हेक्का रहेन ?त्यि मजदुर र विद्यार्थीहरुलाइ कुनै राहतको प्याकेज संगठनले हरुले ल्याउन नसक्नु कत्तिको लज्जासपद देखिन्छ । अपठ्यारो परिस्थिति मा के विद्यार्थी संगठन आबश्यक रयोत ?
के कोरोना स्थपना सगै विद्यार्थी संगठनहरुको औचित्य सम्माप्त हुँदै जान खोजेको त होइन ?
त्यसैले गर्दा नेपालमा विद्यार्थी संगठनहरुले आफ्नो बिरासत बिर्सिदैजानेहो भने नेतृत्व पक्ती कमिसनको चकरमा चल्दै जादा आम विद्यार्थीहरुले चर्को मुल्यमा पढ्न बाध्य भएकाछन । यसरी नेतृत्व पक्तिले आफ्नो कमिकमजोरी नसच्चिने हो भने एक दिन विद्यार्थी संगठन औचित्य सम्माप्त हुने छ । समाप्त गर्न आम विद्यार्थी लाग्ने देखिन्छ । लेखक उपेन्द्र जम्कटेल अनेरास्ववियू धादिङका सहसंयोजक हुन ।