कुसुम के सी
नेपालमा लकडाउन भएको ठिक दुई महिना अन्तरालको तथ्यांक हेर्ने हो भने मृत्यु हुने मानिसहरुको संख्या निकै कहाली लाग्दो रहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस संक्रमणको जोखिमबाट विश्वका सबै मानिसहरु कुनै न कुनै रुपमा प्रभावित रहेका छन् ।
केही विकसित मानिने राष्ट्रहरुमा कोराना भाइरस संक्रमणबाट हजारौको मृत्यु भएको छ भने अधिकांस विकासोन्मुख राष्ट्रहरुमा भने यसको संक्रमण हजारौ मानिसहरुमा फैलदैँ छ ।
तर नेपालमा भने हालसम्मको अवस्थामा कोरोना भाइरसको माहामारीले भन्दा पनि आत्महत्याद्वारा मृत्यु हुने मानिसहरुको संख्या झण्डै १ हजार पुग्न लागेको छ ।
नेपाल प्रहरीको रेकर्डमा उपलब्ध तथ्यांक अनुसार नेपालमा लकडाउनको दुई महिनाभित्रमा ८९६ जनाले आत्महत्या गरेको पाइएको छ । जसमध्ये ७४२ जनाको झुण्डिएर, ११४ जनाको विष खाएर र बाँकी अन्यको भने अल्लो ठाँउबाट हामफालेर, जलेर वा पानीमा हामफालेर मृत्यु भएको पाइएको छ ।
यो अवधीमा नेपालमा कोराना भाइरस संक्रमणबाट ६ जनाको मात्र मृत्यु भएको छ भने प्रतिदिन १३ देखि १५ जनाको दरले मानिसहरुले आत्महत्या गरेका छन् ।
स–सानो चोट वा दुखले मात्रै मानिसहरुलाई आत्महत्या गर्न बाध्य बनाएको भने होइन होला । यसको निम्ति आफ्नो वरीपरीको वातावरण, परिस्थिति र आफ्नो क्षमतालाई गम्भीर रुपमा निहालेको हुनसक्छन । यो समयमा आफ्नो कमजोर हालत अथवा आफुलाई भित्र भित्रै गुम्साएर आत्महत्या गर्ने प्रयास निकै मानिसहरुको विचार वा मस्तिष्कमा आएको पाइन्छ । लकडाउनले निम्ताएको बेरोजगारी, अभाव, मानसिक तनाव र यो समयमा घरभित्रै घटेका दुर्व्यवहार, हिंसा, यातना आदि सहन नसकेर पनि मानिसहरुले आत्महत्याको बाटो रोजेका हुनसक्छन् ।
यो समयमा दैनिकी ज्यालादारी गरेर छाक टार्ने केही मजदुरहरुको अवस्था दिनानु दिन झन् झन् कष्टकर बन्दै गएको छ । कृषकहरुले आफ्नो उत्पादनको बजार नपाएर खेतबारीमा नै खेतीबाली खेर गएका पनि छन् । उद्योग, व्यवसायमा भविष्य खोज्दै स्वरोजगार बन्न उत्पेरित युवाको मानसिकतामा ठुलो खलबल पुर्याएको छ । त्यसैगरी, बालबालिकाहरुको कलिलो मस्तिष्कमा समेत कोरोना भाइरस संक्रमणको डरले झन् त्रासित बनाएको छ ।
यो समयमा अति महत्वपूर्ण र संबेदनशील क्षेत्र स्वास्थ्य, सुरक्षा क्षेत्रका कार्यालयहरुमा भने कर्मचारीहरु आलोपालो गरेर कामहरु पनि संचालनमा आएका छन् । केही आमा दिदीबहिनीहरु भने घर परिवारको ख्याल राख्ने, चुलो चौकोस, खेतीपाती, बस्तुभाउमा अझै बढी खटिनुपर्ने हुनाले उनीहरुको स्वास्थ्य अवस्था पहिले भन्दा दिन प्रति दिन झन् झन् बिग्रदै गएको । यो समयमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई समेत स्वास्थ्य सुरक्षामा निकै बाधा पुगेको छ । नेपालको सन्दर्भमा यस लगडाउनले भविष्यमा समेत महिला तथा मातृशिशु स्वास्थ्यमा निकै ठुलो असर पुयाउने अनुमान गर्न सकिन्छ ।
घरायसी काममा संग्लग्न भएको बेलामा पनि आफ्नै घरपरिवार बाट हेला, दुर्व्यवहार, विभिन् प्रकारका हिँसा, तनाव खेपिरहनु परेको छ । त्यस्तै, यो समयमा दुर्व्यवहार, हिंसा, मानसिक तनाव जस्ता घटनाहरु पनि निकै सुनिएका छन् । यि मध्ये घरेलु हिंसा निकै बढेको पाइएको छ ।
केही किशोरीहरुरमहिलाहरु आफ्नो घरमा, आफ्नै आफन्तहरु बाट नै सुरक्षित नभएको जस्तो पाइएको छ । नेपालमा पनि बन्दाबन्दीको समयमा ओरेकले ३७ वटा जिल्लामा ४६५ वटा महिला तथा बालिकामाथि हुने हिंसाको तथ्यांक संकलन गरेको छ । ति मध्ये २९३ घरेलु हिंसा भएको रहेको छ र यी हिंसाको घटना त बाहिर आएका र उजुरी परेका मात्र हुन् । भित्रभित्रै गुम्सिएका यस्ता घटना त कति होलान् कति । तसर्थ, लकडाउनको समयमा महिलाका लागि कोरोना भाइरस भन्दा त्रासपूर्ण महामारी घरेलु हिंसा बनेको छ ।
केही महिलाहरु चाही यो समयमा दोहोरो मारमा परेका छन । रोजगार अथवा पेशागत रुपमा संलग्न केही महिला दिदीबहिनीहरु भने घरबाटै कामहरु गर्न भयाईनभायाई भएको छ । केही महिला दिदीबहिनीहरु कहिले त किचनको टेबुलमा कहिले त बेड अथवा भुइमा ल्यापटप समातेर पनि बसिरहेका छन् । शारीरिक रुपमा आफु सशक्त छैन भने मानसिक रुपमा पनि स्वास्थ्य रहन गाह्रो हुन्छ । पेशागत कार्यलय वा अन्य ठाउमा बसेर काम गर्दा हामीले स्वास्थ्य सुरक्षाको बारेमा पनि केही सोच्नु पर्छ । पेशागत स्वास्थ्य सुरक्षालाई जन स्वास्थ्यको मुख्य ध्यानाकर्षणको विषयमा पनि हो ।
यो समयमा घरपरिवारमा सबैको कुरालाई सम्मान गर्ने, बुझ्ने, काम मिलेर गर्ने बानीको विकास हुनसकेमा मात्र महिला तथा बालबालिकाहरुमाथि हुने हिँसा, बलात्कार, दुर्व्यवहार सबै अन्त्य गर्न सकिन्छ । यो लगडाउनको समयमा र अरु बेलामा पनि घरको काम गर्न आमा लाइ सहयोग गरे, दिदीबहिनी लाइ सहयोग गरे, श्रीमतीलाई , सहयोग गरे, भन्ने बानी को अन्त्य हुनुपर्छ । घरको काम हामी सबैको हो(सबै मिलेर काम गर्यौ भन्ने बानीको विकास गर्नुपर्छ । बालबालिका, महिलाहरुलाइ आफु खुलेर बोल्ने वातावरण सबै घर घरमा सृजना हुनुपर्छ ।
यदी जोखिममा परिहालेमा आफ्नो विश्वाशिलो व्यक्ति वा अभिभावकहरुलाई बेलैमा जानकारी गराउनुपर्छ । जसले गर्दा आफुलाई कम तनाव हुने, सबैको साथ पाउन सकिने र मानसिकतामा पनि कम असर पर्न सक्छ । साथै यदी जोखिममा परिहालेमा हामीले प्रहरीको हटलाइन नम्बर १०० वा महिला आयोगको हटलाइन नम्बर ११४५ मा खबर गर्न सक्छौ । हिसालाई सहनु हुदैन, आफु बोल्नु पर्छ, आवाज उठाउनु पर्छ, सहने बानीले हिंसा गर्ने मानिसलाई झन् सशक्त बनाउछ र आफुलाई मानसिक रुपमा पनि कमजोर बनाउछ । मानसिक रुपमा स्वास्थ्य हुन् सकिएन भने मनमा विभिन्न नकरात्मक विचार र भावनाको सोच उत्पन्न हुनसक्छ । जसको कारणले मानिसहरुले आफ्नो अन्तिम विकल्प आत्महत्या नै रोजेका हुनसक्छन् ।
हाल नेपालमा मानसिक स्वास्थ्यलाई कोरोना भाइरसको त्रासपछीको मुख्य ध्यानाकर्षण हुनुपर्ने विषयमा राख्नुपर्ने दिखिन्छ । त्यसैले लकडाउनको मोडालिटी फरक गर्ने वा आत्महत्यालाई न्यूनीकरण गर्ने उपायहरु बेलैमा सोच्ने बारेमा सम्बन्धित निकायहरु ध्यान जान जरुरी छ ।
कुसुम के सी