यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसी आसपासमा बस्दै आइरहेकी ३२ वर्षीय महिलामा कोरोना संक्रमित (कोभिड १९) पुष्टि भएको छ । मानसिक सन्तुलन गुमाएकी महिला डेढ वर्ष अघिदेखि घाटबेसी आसपास क्षेत्रमा बस्दै आइरहेकी थिइन् । उनको ठेगाना खुल्न सकेको छैन ।
बिरामी भएपछि स्वाव संकलन गरि जेठ २१ गते भरतपुर कोरोना अस्पतालमा पठाइएकोमा सोमबार कोरोना संक्रमण पुष्टि भएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले जानकारी दिनुभएको छ।